
काठमाडौं ।
कम्पिटिसन एण्ड मार्केट अथुरीटी (सीएमए)ले माइक्रोसफ्टले एक्टिभिजन ब्लिजार्डलाई ६८.७ बिलयन अमेरिकी डलरमा खरिद गर्न खोजेको प्रयासले बेलायतको गेमरलाई प्रभाव पर्ने बताएको छ। सीएमएको उक्त भनाईसँग खरिद प्रक्रियामा अवरोध सिर्जना उत्पन्न भएको स्काईस्पोर्टस्ले उल्लेख गरेको छ।
युके कम्पिटिसन अथुरीटीले सम्झोतामा ५ महिनाको अनुसन्धापछि आफ्नो अस्थायी निष्कर्षहरु प्रकाशित गरेर मर्जरले उच्च मूल्य, कम छनौट वा गेमरहरुको लागि कम इनोभेसन हुने बताएको छ।
सीएमएले भन्यो कि यसले माइक्रोसफ्टलाई थप बलियो बनाउन र प्रतिस्पर्धालाई रोक्न सक्छ। यसको हलमार्क कन्सोल एक्सबक्स र सोनीको प्लेस्टेशन बीचको प्रतिस्पर्धालाई हानी पुर्याउँछ।
एक्टिभिजनले कल अफ ड्यूट िसहित धेरै भिडियो गेमहरु उत्पादन गर्छन्। प्रतिद्वन्द्वी कम्पनीहरुले यस मर्जरबाट लोकप्रियक फ्रान्चाइजीमा उनीहरुको पहुँचलाई प्रतिबन्ध गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। तर माइक्रोसफ्टले यस्तो नहुने बताउँदै आइरहेको छ।
विश्वको सबैभन्दा प्रसिद्ध र सबैभन्दा ठूलो खेल प्रकाशकहरू मध्ये एकलाई किन्नुले बजारमा माइक्रोसफ्टको स्थिति हुन्छ र त्यसपछि माइक्रोसफ्टले अन्यथा सामना गर्ने प्रतिस्पर्धालाई कम गर्ने सीएमएले भनेको छ।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार