मेटाले आफ्नो पहिलो ‘स्मार्टवाच’ ल्याउँदै, रद्द गरिएको प्रोजेक्ट फेरि सुरु

Technology Khabar २४ माघ २०७९, मंगलवार

काठमाडौं ।

मेटा कम्पनीले चाँडै नै आफ्नो पहिलो स्मार्टवाच ल्याउने भएको छ। यो उही स्मार्टवाच परियोजनाको पुन: सुरुवात हो, जुन कम्पनीले गत वर्ष रोकेको थियो। अहिले कम्पनीले फेरि यो प्रोजेक्टमा ​​काम सुरु गरेको बताइएको छ।

एक टिपस्टरले ट्वीटमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्। यो स्मार्टवाचको डिजाइन कम्पनीले गत वर्ष काम गरिरहेको पुरानो संस्करण जस्तै हुने बताइएको छ।

कुबा वोजचोस्की नामक एक ट्विटर प्रयोगकर्ताले मेटा कम्पनीले आफ्नो स्मार्टवाच प्रोजेक्ट पुनः सुरु गरेको जानकारी दिएका छन्। प्रयोगकर्ताले आफ्नो ट्वीटमा केही रेन्डरहरू पनि साझा गरेका छन्, जसमा यो वाचको लुक कथित रूपमा देख्न सकिन्छ। हाल, यो वाच विकासको धेरै प्रारम्भिक चरणमा छ, यसको डिजाइन लन्चको समयमा पूर्णरूपमा फरक हुन सक्छ।

मेटाको यो स्मार्टवाच कहिले लन्च हुन्छ भन्ने टिपस्टरले अझै स्पष्ट पारेको छैन। फोनएरेनाको रिपोर्टलाई विश्वास गर्ने हो भने, मेटा स्मार्टवाचको डिजाइन अघिल्लो संस्करणको जस्तै हुन सक्छ, जुन गत वर्ष रद्द गरिएको थियो। यो घडीमा कम्पनीले २ वटा क्यामरा सेन्सर दिने बताइएको छ। यसबाहेक, यो स्मार्टवाच क्वालकम चिपले सुसज्जित हुनेछ।

स्मरणरहोस्, मेटा कम्पनीले अक्टोबर २०२१ मा आफ्नो पहिलो स्मार्टवाच ल्याउने काम सुरु गरेको थियो। यद्यपि, नोभेम्बर २०२२ मा, कम्पनीले परियोजना नै रद्द गर्यो। त्यतिबेला कम्पनीले आफ्नो ध्यान मेटाभर्स प्रोजेक्टमा केन्द्रित गरिरहेको थियो।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया