
काठमाडौं ।
हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिसँग अब सबैभन्दा धेरै चन्द्रमा छन्। डिसेम्बर २० देखि, माइनर प्लानेट सेन्टर (एमपीसी) ले बृहस्पतिको पहिले रिपोर्ट नगरिएका १२ ओटा चन्द्रमाको परिक्रमा कक्ष प्रकाशित गरेको छ। यस खोजले जोभियन चन्द्रमाहरूको सूची ८० बाट बढाएर अब ९२ सम्म पुर्याएको छ।
एमपीसीको परिक्रमा गणनाले पुष्टि गर्दछ कि नयाँ चन्द्रमाहरू बृहस्पतिको वरिपरि परिक्रमामा छन्। यति धेरै चन्द्रमाहरूको साथ, बृहस्पति अब हाम्रो सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह भएको छ।
स्काई एन्ड टेलिस्कोप डट ओआरजीको रिपोर्टअनुसार, वाशिंगटनको कार्नेगी इन्स्टिच्युसन फर साइन्सका खगोलविद् स्कट शेपर्डले गरेको अवलोकनमा दर्जनौं नयाँ चन्द्रमा पत्ता लागेको हो। यी नयाँ १२ चन्द्रमाको स्कटको अवलोकनलाई माइनर प्लानेट सेन्टर (एमपीसी) द्वारा प्रकाशित गरिएको छ।
जोभियन प्रणालीमा अब ९२ ओटा पुष्टि भएका चन्द्रमाहरू छन्, र यो आंकडाको साथ, बृहस्पतिसँग अहिले सबैभन्दा धेरै चन्द्रमाहरू छन्। नयाँ पत्ता लागेका चन्द्रमाहरूमध्येका केहिले आफ्नो परिक्रमा ३४० दिनमा पूरा गर्छन् र यी धेरै सानो र टाढा रहेका छन्। यसका साथै, यी १२ चन्द्रमाहरू मध्ये ९ ओटा ग्रहको ७१ बाहिरी जोभियन चन्द्रमाहरू मध्येका हुन र जसको परिक्रमा ५५० दिन भन्दा लामो रहेको रिपोर्ट गरिएको छ।
रिपोर्टमा थप भनिएको छ कि भर्खरै पत्ता लागेको तीन ओटा चन्द्रमाहरू पश्चगामी दिशामा परिक्रमा गर्ने अन्य १३ वटा मध्ये छन् र ती ठूला र नजिकका ग्यालिलियन चन्द्रमाहरू र टाढाको परिक्रमा गर्ने पश्चगामी चन्द्रमाहरूको बीचमा छन्।
थप रूपमा, शेपर्डको अवलोकनबाट प्राप्त डाटाले अन्तिम “हराइरहेको” जोभियन चन्द्रमा एस/२००३ जे १० (S/2003 J 10) को पुन: प्राप्तिको पुष्टि समेत गरेको छ। अवलोकनहरूले यसको कक्षको ट्र्याकलाई १८ वर्षसम्म विस्तार गरेको छ।
प्रकाशित: २२ माघ २०७९, आईतवार