रियलमी १० प्रो फाइभजी कोका-कोला एडिसन फेब्रुअरी १० मा लन्च हुने

  • Technology Khabar | २० माघ २०७९, शुक्रबार
रियलमी १० प्रो फाइभजी कोका-कोला एडिसन फेब्रुअरी १० मा लन्च हुने

काठमाडौं ।

चर्चामा रहेको रियलमी एक्स कोका–कोला फोनको केही विवरण सार्वजनिक भएको छ। प्रश्नमा रहेको उक्त डिभाइसलाई कस्टम रियलमी १० प्रो फाइभजी कोका–कोला एडिसनको रुपमा फेब्रुअरी १० मा भारतमा लन्च गर्न सेट गरिएको बताइएको छ। साथै उक्त कोका–कोला फोनको बुकिङ रियलमीको भारतीय आधिकारिक वेबसाइटबाट गर्न सकिने बताइएको छ।

रियलमी १० प्रो फाइभजी कोका–कोला एडिसनमा कालो र रातो रङ सहित म्याट डुअल–टोन ब्याक र पछाडिपट्टि आईकोनिक कोका–कोला ब्रान्डिङ रहेको बताइएको छ। साथै उक्त फोनको डुअल क्यामेरा मोड्युलहरू रातो एक्सेन्ट रङमा रेखांकित गरिएको उल्लेख गरिएको छ।

रियलमीले कोका–कोला एडिसनको फोनले कोका–कोला थिमसँग मेल खाने विशेष सामानहरू सहितको कस्टम बक्स प्रदान गर्नेछ भनी खुलासा गरेको बताइएको छ। उक्त कस्टम बक्स रियलमेव कोका–कोला फिगर, डीआईवाई स्टिकरहरू, कस्टम सिम कार्ड निडल समावेश गरिएको बताइएको छ। साथै विश्वव्यापी रूपमा उपलब्ध ६,००० यूनिट मध्ये कुन तपाईंको कब्जामा छ भनेर संकेत गर्ने एक यूनिक नम्बर कार्ड पनि समावेश रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २० माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...