भारतमा इलेक्ट्रिक सवारी सस्तो हुने

  • Technology Khabar | १८ माघ २०७९, बुधबार
भारतमा इलेक्ट्रिक सवारी सस्तो हुने

काठमाडौं ।

भारतको केन्द्रीय अर्थ मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२३ को बजेट भाषणमा अटोमोबाइल क्षेत्रका लागि महत्वपूर्ण घोषणा गरेकी छिन्। केन्द्रीय बजेटमा ग्रीन मोबिलिटी, इलेक्ट्रिक भेहिकल र राष्ट्रिय हाइड्रोजन मिशनको सम्बन्धमा सरकारले केही नयाँ निर्णय गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

इलेक्ट्रिक सवारी सस्तो हुने

बजेटमा ब्याट्रीबाट सञ्चालन हुने इलेक्ट्रिक सवारी सस्तो बनाउने प्रस्ताव गरिएको छ। नेट जीरो र इनर्जी ट्रान्जिसनको योजनामा सरकारले ३५ हजार करोड भारुको योजना रकम विनियोजन गरेको छ। यस योजना अन्तर्गत सरकारी कार्यालयका पुराना सवारी हटाएर नयाँ सवारीबाट प्रतिस्थापना गरिनेछ। यसमा पुसिल, एम्बुलेन्स र अन्य कार्यालयका सवारीहरु रहेका छन्।

राष्ट्रिय हाइड्रोजन मिसन

केन्द्रीय मन्त्री सीतारमणले बजेट वक्तव्यमा राष्ट्रिय हाइड्रोजन मिसनका लागि १९ हजार ७०० करोड भारु विनियोजना गरेकी छिन्। केन्द्र सरकार २०३० सम्म ५ मिट्रिक मिलियन टन ग्रीन हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेर अघि बढेको छ।

 

प्रकाशित: १८ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...