
काठमाडौं ।
रूसले बीलाइन ब्रान्ड अन्तर्गत काम गर्ने आफ्नो रूसी सहायक भीमपेलकमलाई बेच्ने भीओनको योजनाको विरोध गरेको छ।
रुसी वित्त मन्त्रालय, अर्थ मन्त्रालय र केन्द्रीय बैंकले उक्त योजनालाई अस्विकार गरेको कोमरसान्टले रिपोर्ट गरेको छ।
गत नोभेम्बरमा, एम्स्टर्डममा सूचीबद्ध भेओनले १३० अर्ब रुबलमा सीईओ अलेक्जेन्डर टोर्बाखोभको नेतृत्वमा रहेको रूसी व्यवस्थापन टोलीका वरिष्ठ सदस्यहरूलाई भीमपेलकम बेच्ने घोषणा गर्यो।
रुसले युक्रेनमा आक्रमण गरेदेखि पछिल्लो समय विभिन्न कम्पनीहरुले रुसी बजार छोडिरहेका छन् । कतिपयले आफ्नो सेवा तथा व्यवसाय नै बन्द गरेका छन् भने कतिपय कम्पनीहरुले स्थानीय कम्पनीलाई बेचेका छन्।
रूसमा बीलाइन ब्रान्ड अन्तर्गत सञ्चालन हुने भीओनको सेवा र संचालन बिक्री कम्पनीको लागी धेरै महत्त्वपूर्ण हो । किनकी यसको राजस्व र आम्दानीको आधा भन्दा बढी हिस्सा यसैबाट आउँछ।
तर, फेब्रुअरीमा युक्रेनसँग युद्ध सुरु भएदेखि भीओनको सेयर रेकर्ड कममा कारोबार भएको छ। भीओनले किभस्टारमार्फत युक्रेनमा पनि ठूलो व्यापार पनि सञ्चालन गर्दछ।
प्रकाशित: १६ माघ २०७९, सोमबार