
काठमाडौं ।
इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी एथर एजर्नीले भर्खर एथर स्ट्याक ५.० अपडेट घोषणा गरेको छ। यो अपडेट एथर ४५० प्लस र ४५० एक्स इलेक्ट्रिक स्कुटरमा उपलब्ध हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
नयाँ अपग्रेडका साथा ४५० प्लस इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३७ हजार भारु र ४५० एक्सको मूल्य १ लाख ६० हजार भारु एक्स शोरुमबाट शुरु हुनेछ।
कम्पनीले यस अघि अटोहोल्ड फिचर शोकेस गरेको थियो। कम्पनीको जेनेरेन ३ स्कुटरमा अटोहोल्ड फिचर उपलब्ध हुनेछ। कम्पनीका अनुसार अटोहोल्ड फिचर फेब्रुअरी १ देखि उपलब्ध हुनेछ।
अटोहोल्ड फिचर हिलि होल्ड र हिल डिसेन्ट कन्ट्रोलका लागि दिइएको हो। यो फिचरको मद्दतबाट उकालोमा स्कुटर रोक्दा पछाडि चिप्लिदैन। यो फिचरका कारण उकालोमा राइडरले ब्रेक तथा अन्य इनपुट दिन आवश्यक पर्दैन। राइडरको आवश्यकता अनुसार यस फक्सनलाई सेटिङबाट एक्टिभ वा डिएक्टिभ गर्न सकिन्छ।
एथर एनर्जीले ४५० एक्स इलेक्ट्रिक स्कुटरलाई चार नयाँ रंगमा पेश गरेको छ। स्कुटरमा अन्य अपग्रेडका साथै नयाँ सी र नयाँ सफ्टवेयर पनि छ। बैंगलुरुमा एथर कम्युनिटी डेमा एथरस्ट्याक ५.० मा यो अपग्रेड दिइएको हो।
कम्पनीले एथर स्ट्याक पनि अपडेट गरेको छ। इलेक्ट्रिक स्कुटरमा सफ्टवेयर, फर्मवेयर, सिस्टम इन्टिलिजेनस र एल्गोरिदम पाउन सकिन्छ।
रेञ्जमा कुनै सम्झौता नगरी एथर स्ट्याक ५.०मा उत्कृष्ट टर्क आउटपुटका साथै स्कुटरमा केही अपग्रेड पाउन सकिन्छ। ब्याट्री लाइफ बढाउनका लागि चार्जरमा प्लग गर्दा रेञ्ज प्रेडिक्सन र इन्टिलिजेन्ट अटो कट अफ पनि दिइएको छ।
प्रकाशित: १६ माघ २०७९, सोमबार