
काठमाडौं ।
छिमेकी देश भारतमा अमेजनमा जागिर दिलाईदिने भन्दै ठगी गर्नेहरुलाई पक्राउ गरिएकोछ। भारतीयहरुलाई अमेजन कम्पनीमा घरबाटै कामको प्रस्ताव गर्ने संदेशहरु पठाएर रकम ठगी गरिएको हो।
हालै दिल्ली पुलिसले साइबर अपराधीहरूको अन्तर्राष्ट्रिय गिरोहलाई पर्दाफास गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यो गिरोहले घरबाटै काम गराउने भनेर करिब ११ हजार मानिसलाई ठगी गरेको छ।
यी साइबर ठगहरूको गिरोह चीन र दुबईमा छ र तिनीहरूको मास्टरमाइन्ड जर्जियामा भएको बताईएको छ। दिल्ली प्रहरीले हालसम्म साइबर ठगीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। मिडिया रिपोर्टहरूकाअनुसार, यस मामिलामा अपराधीहरूलाई दिल्ली, गुरुग्राम र फतेहाबाद (हरियाणा) बाट अलग-अलग छापा मारेर पक्राउ गरिएको छ।
भारतीय प्रहरीले समाचार एजेन्सीलाई बताएअनुसार उनीहरूको अनुसन्धानको क्रममा चिनियाँ साइबर अपराधीहरूले घरबाट काम वा अनलाइन पार्टटाइम काम खोज्ने मानिसहरूलाई ठग्ने मोड्युल बनाएको उनीहरूले पत्ता लगाएका थिए। प्रहरीलेले पार्ट टाइम जागिर खोज्दै आएकी एक महिलालाई १ लाख १८ हजार रुपैयाँ ठगिएको बताए।
यी साइबर ठगहरूले मानिसहरूलाई ठगी गर्न टेलिग्राम आईडी प्रयोग गरेको बताइएको छ, उक्त आईडी चीनको बेइजिङबाट सञ्चालन भएको थियो। ह्वाट्सएप नम्बर जसबाट मानिसहरूलाई अमेजन साइटमा लगानी गर्न भनिएको थियो त्यो पनि भारत बाहिरको थियो।
यसरी पर्दाफास भयो
एउटी महिलाले दिल्ली पुलिसले एउटा उजुरी दर्ता गरेकी थिइन् जसमा केही अज्ञात स्क्यामरहरूले उनलाई अमेजनमा अनलाइन पार्ट टाइम जागिर दिने बहानामा भारु १.१८ लाख ठगी गरेका थिए। उजुरीमा महिलाले यो एउटा ठूलो योजनाका साथ चलिरहेको आशंका गरेकी थिईन् छ, जुन केहि मानिसहरूले अमेजन कम्पनीको रूपमा गरिरहेका छन्। प्रहरीले तथ्य पत्ता लगाएपछि ठगी मुद्दा दर्ता गरेको थियो ।
जागिर खोज्नेहरूलाई चेतावनी दिँदै, दिल्ली प्रहरीका डीसीपीले व्यक्तिहरूले वेबसाइटलाई यसरी डिजाइन गरिएको थियो कि यो वास्तविक अमेजन वेबसाइट जस्तो देखिने बताए। यस्ता नक्कली वेबसाइटहरू इन्स्टाग्राम, फेसबुक र अन्य सामाजिक सञ्जाल वेबसाइटहरूमा पनि व्यापक रूपमा प्रचार गरिन्छ। स्क्याम गर्नेहरूले पीडितहरूलाई राम्रो तलब पाएका कर्मचारीहरूको नक्कली स्क्रिनसटहरू पनि देखाउने गरेका थिए।
प्रकाशित: १६ माघ २०७९, सोमबार