प्रथम इन्टरनेट एक्सपो–२०१७ मंसीर ९ गतेदेखि हुँदै

  • Technology Khabar | १८ असार २०७४, आईतवार
प्रथम इन्टरनेट एक्सपो–२०१७ मंसीर ९ गतेदेखि हुँदै

काठमाडौं ।

काठमाडौं, १८ असार । विश्वमा इन्टरनेट शुरूवातको २५ वर्षको विशेष अवसर पारेर नेपाल डाटा एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रथम इन्टरनेट एक्स्पो–२०१७ आयोजना गर्ने भएको छ ।

सो एक्स्पो मंसीर ९ गतेदेखि मंसिर १३ गतेसम्म आयोजना गर्ने कम्पनीले जानकारी दिएको छ ।

एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ–संस्था तथा व्यवसायीहरूबीच आपसी समन्वय, नयाँ उपायहरूको खोजि, अन्तर्क्रिया, सूचनाको आदान प्रदान, उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन आदि कार्यहरू एकै छाना मुनि बसेर गर्ने सुनौला अवसर प्राप्त हुने कम्पनीको भनाई छ ।

सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले हाइपर टेक्सट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को अवधारणा अघि बढाएका थिए ।

उनले सन् १९९० मा एचटीएमएल, युआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज बनाए । तर यो वेब पेज सिमित व्यक्तिको मात्र पहुँचमा थियो । तर, उनले सन् १९९१ अगस्ट २३ देखि वर्ल्ड वाइड वेब (डब्लूडब्लूडब्लू) मा आम सर्वसाधारणको पहुँच पुर्याए ।

इन्टरनेट र वर्ल्ड वाइड वेब फरक भएता पनि अचेल यसलाई संयुक्त रुपमै बुझिन्छ ।

 

प्रकाशित: १८ असार २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...