भारतबाट एक बिलियन डलरको आईफोन निर्यात

Technology Khabar १० माघ २०७९, मंगलवार

काठमाडौं ।

एप्पलले भारतमा नयाँ नयाँ कीर्तिमान हासिल गरेको छ। भारतबाट एक महिनामा १ मिलियन अमेरिकी डलर मूल्यको स्मार्टफोन निर्यात गर्ने क्युपर्टिनोको टेक जायण्ट पहिलो कम्पनी बनेको छ। गत वर्ष २०२२ डिसेम्बरमा एप्पलले निर्यातको कोशेढुंगा प्राप्त गरेको इकोनोमिक टाइम्सको तथ्यांकमा उल्लख गरिएको गीज्मोचाईनाले बताएको छ। यसअघि भारतमा उत्पादन गर्ने अन्य ब्रान्डले १ मिलियन डलर बराबरको उत्पादन निर्यात गर्न सकेका थिएनन्।

एप्पल र सामसङ भारतको प्रमुख स्मार्टफोन निर्यातकर्ता रहेको उल्लेख गरिएको छ। गत वर्षको नोभेम्बरमा एप्पलले सामसङलाई पछि पार्दै भारतको नम्बर एक निर्यातकर्ता बनेको सरकारी अधिकारीहरुले बताएका छन्। क्युपर्टिनोको टेक जायण्टको भारत स्थित तमिलनाडुमा फक्सकन र पेगाट्रोनको साथै कर्नाटकमा विस्ट्रोन गरी तीनवटा कन्ट्र्याक्ट निर्माताहरू रहेको बताइएको छ। भारतमा कम्पनीले स्थानीय स्तरमा आईफोन १२, आईफोन १३, आईफोन १४ र आईफोन १४ प्लस उत्पादन गर्दै आएको छ । साथै केही साना उत्पादकहरूले पनि भारतबाट बाहिर आईफोन निर्यात गरिरहेको अधिकारीहरूले बताएका छन्।

भारत सरकारको २०२० मा लन्च गरिएको प्रोडक्ट–लिंक्ड इन्सेन्टिभ ९पीएलआई० योजनामा एप्पलले सोही दिन देखि बाटनै सहभागी हुँदै आएको बताइएको छ। साथै उक्त तीनवटै उत्पादकहरूले उत्पादन, निर्यात, लगानी र रोजगारी सम्बन्धी तथ्यांकहरु पीएलआई योजनामा आफ्नो सहभागिताको रूपमा सरकारलाई बुझाउनु पर्ने भनी उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलको निर्यात संख्या बाहेक उक्त कम्पनीले गत डिसेम्बर महिनामा १०,००० करोड भन्दा बढीको निर्यात गर्दै रेकर्ड कायम गरेको तथ्यांकले खुलासा गरेको छ। यदी सामसङले मर्मतसम्भारका लागि १०–१५ दिन बन्द नगरी आफ्नो उद्योग पूर्ण क्षमताको साथ सञ्चालन गरेको भए निर्यातको संख्यामा थप वृद्धी हुन सक्ने अधिकारीहरूको भनाइ छ।

भारतले आर्थिक वर्ष २०२२–२०२३ मा करिब ९ बिलियन अमेरिकी डलरको मोबाइल फोन निर्यात गर्ने अनुमान सरकारले गरेको उल्लेख गरिएको छ। एक महिनामा एप्पलद्वारा कायम गरिएको १ बिलियन अमेरिकी डलरको निर्यातको बेन्चमार्कले सरकारको महत्वाकांक्षी पीएलआई योजनाहरूको एक प्रमुख उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।

प्रकाशित: १० माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया