Technology Khabar १४ असार २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १४ असार । केहि समय अघि विश्वभर साइबर आक्रमण गरेर समस्यामा पारेको भाइरस र्यानसमवेयरले फेरि एक पटक विश्वभरका कम्प्यूटरमा समस्या उत्पन्न गरेको छ । मंगलबार विश्वका कयौं देशहरुमा नयाँ भाइरसले आक्रमण गरेको छ ।
विशेषगरि नयाँ भाइरसले रुस, युक्रेन र भारतका विभिन्न कम्पनीहरुलाई गंभिर असर पारेको समाचार आएको छ ।
नयाँ भाइरसपनि यसअघिको साइबर आक्रमणमा प्रयोग गरिएको र्यानसम वेयर भाइरससँग सम्बन्धित देखिएको सुरक्षा विज्ञहरुले बताएका छन् ।
भाइरसले रुसको सबैभन्दा ठूलो तेल कम्पनी, युक्रेनका बैंक तथा बहुदेशिय फर्महरु तथा भारतको सबैभन्दा ठूलो कन्टेनर पोर्टलाई गंभिर असर पारेको छ । यसले यूरोपका कयौं कम्पनीहरुलाई प्रत्यक्ष असर पारेको अनुमान गरिएको छ ।
भारतमा निभिया स्क्रीन केयर उत्पादक कम्पनी बेर्सडफ, रेकिट बेन्किसर,लगायतका कम्पनीमा पनि सिस्टममा आक्रमण भएको छ भने अष्ट्रेलियामा क्याडबरी चकलेट फ्याक्ट्रिमा पनि असर परेको छ ।
कसरी हुन्छ आक्रमण
यो भाइरसमा साइबर ह्याकरहरुले अपरेटिंग सिस्टममा कब्जा जमाउँछन र कम्प्यूटरका सबै फाइलहरुलाई लक गरिदिन्छन् । यसपछि सो लक गरिएका फाइलहरु खोल्नका लागि रकम माग गर्दछ । केहि समय अघि पनि वानाक्राई र्यानसमवेयरले आक्रमण गरेका कम्प्यूटरहरुमा पनि कम्तिमा ३०० बिटक्वाईन मागिएको थियो ।
अहिलेको नयाँ भाइरसपनि वानाक्राई र्यानसमवेयर जस्तै गंभीर किसिमको भएको सुरक्षा विज्ञहरुको अनुमान छ ।
कसरी बच्ने साइबर आक्रमणबाट
प्रकाशित: १४ असार २०७४, बुधबार