Technology Khabar १४ असार २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १४ असार । एनसेलले ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर ल्याएको छ। अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउने कम्पनीले उल्लेख गरेको छ।
यो अफर यहि असार १४ गतेदेखि लागु भएकोछ ।
यो योजनामा सहभागिता जनाएपछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आकर्षक उपहार अन्तर्गत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।
यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात राति १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । राति १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिने र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुने कम्पनीको भनाइ छ ।
‘आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहँदै आएको छ । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन संभव बनाउदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक पटक यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न नमिल्ने कम्पनीले जनाएको छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्नेछन ।
प्रकाशित: १४ असार २०७४, बुधबार