एक महिनामा ३ अर्ब २० करोडले बढ्यो क्यूआर कोडमार्फत हुने भुक्तानी

  • Technology Khabar | ५ माघ २०७९, बिहीबार
एक महिनामा ३ अर्ब २० करोडले बढ्यो क्यूआर कोडमार्फत हुने भुक्तानी

काठमाडौं ।

नेपालमा (क्विक रिस्पोन्स) क्यूआर कोडमार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। मंसिरमा क्यूआरबाट १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कार्तिकको तुलनामा क्यूआर कोडमार्फत हुने भुक्तानी ३ अर्ब २० करोड रुपैयाँले बढेको छ।

कार्तिकमा क्यूआर कोडमार्फत १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७७ पुस १० गते नक्साल तरकारी तथा फलफूल बजारमा क्यआर कोडबाट हुने भुक्तानी कारोबारको शुरुवात गर्दै यसलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताएका थिए।

राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्राथमिकताका साथ अघि बढाएकाले पनि यसको प्रयोग बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: ५ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार