
काठमाडौं ।
मेमोरी र स्टोरेज सलुसनको एक अग्रणी आपूर्तिकर्ता माईक्रोनले हालै २४ जीबी र ४८ जीबी क्षमताको नयाँ डीडीआर५ मेमोरी मोड्युलहरू सार्वजनिक गरेको गरेको छ। साथै उक्त मोड्युल्सहरु एएमडी एक्सपो र इन्टेल एक्सएमपी ३.० प्रोफाइलसँग कम्प्याटिबल भएको हुनाले एएमडी राइजेन ७००० र इन्टेल १२औं जेनेरेशन र १२औं जेनेरेशन कोर प्रोसेसरहरूमा आधारित डेस्कटप पीसीहरूसँग सेटअप गर्न र प्रयोग गर्न थप सहज हुनेछ।
माईक्रोनकोे नयाँ डीडीआर५ मेमोरी मोड्युल्समा ५२०० एमटी/एस र ५६०० एमटी/एस डाटा ट्रान्सफर (रेट) दरको साथै परम्परागत ८ जीबी, १६ जीबी र ३२ जीबी भर्सनमा आउने १.१भी. डीडीआर५–५६०० डीआईएमएमएसको ल्याटेन्सी भएको सीएल४६ फिचरको रुपमा समावेश गरिएको छ। त्यसैगरी २४जीबी मेमोरी चिप्समा आधारित भएको हुनाले उक्त नयाँ २४ जीबी र ४८ जीबी मोडलहरु फरक भएको र परम्परागत डाइमेन्सनहरुले भने १६जीबी डीआरएम आईएस प्रयोग गर्ने बताइएको छ। साथै डीडीआर५-५२०० मोड्युल्स भने ८ जीबी, १६ जीबी र ३२ जीबी साइजहरुमा उपलब्ध हुनेछ।
२४ जीबी र ४८ जीबी क्यापासिटिहरू नेक्स्ट=जेनेरेसन सर्भर प्लेटफर्महरूका लागि उपयुक्त हुने र तिनीहरूले लागत कम गरी सिस्टमहरूलाई मेमोरी क्यापासिटि र कोर काउण्ट सन्तुलन गर्न मद्दत पुर्याउने छ। मुख्य रूपमा उत्साहीहरूका लागि भनेर एएमडी एक्सपो र इन्टेल एक्सएमपी ३.० प्रोफाइलहरू डिजाइन गरिएको र मोड्युलहरूर विशेष गरी डेस्कटपका लागि उपयुक्त छ।
३२ जीबी र ६४ जीबी डीआईएमएमएसको जोडीको सट्टामा २४ जीबी वा दुइ ओटा ४८ जीबी मोड्युलहरू प्रयोग गर्नाले ४८ जीबी वा ९६ जीबी डुअल–च्यानल मेमोरी भएको पीसी बनाउन सकिने भएको हुनाले ६४ जीबी वा १२८ जीबी र्याम भएको मेसिनभन्दा कम महँगो पर्छ।।
त्यसैगरी ४८ जीबी र ९६ जीबी क्यापासिटिहरू १६ वा २४ कोरहरु भएका मोर्डन सीपीयूहरुका लागि बढी उपयुक्त हुनेछ।
यद्यपी माईक्रोनले डीडीआर५–५२०० र डीडीआर५–५६०० मोड्युलहरूको मूल्यहरुको बारेमा उल्लेख गरिएको छैन। नयाँ मेमोरी मोड्युलहरूको उच्च क्षमता र उच्च प्रदर्शनका बाबजुत पनि मूल्य सस्तो हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ माघ २०७९, बिहीबार