मोबाइल र टेलिफोन सेवामा प्राविधिक समस्या देखिएकोमा नेपाल टेलिकमले माग्यो माफी

  • Technology Khabar | ४ माघ २०७९, बुधबार
मोबाइल र टेलिफोन सेवामा प्राविधिक समस्या देखिएकोमा नेपाल टेलिकमले माग्यो माफी

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो मोबाइल र टेलिफोन सेवामा प्राविधिक समस्या देखिएकोमा उपभोक्तासँग माफी मागेको छ।

माघ ३ गते (बुधबार० करिब १२ बजेदेखि नेपाल टेलिकमको केही उपकरणमा प्राविधिक समस्या आई मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुन गएको थियो। उक्त समस्या कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको नेपाल टेलिकमले जानकारी गराएको छ।

समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकले असजिलोपन व्यहोर्नुपरेको थियो यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी भएको विज्ञप्तिमा उल्लेख छ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने टेलिकमको दाबी छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको बताइएको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहकहरुमा टेलिकमले अनुरोध गरेको छ।

प्रकाशित: ४ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार