यी हुन राहदानी र कन्सुलर विभागमा काममा जान नमान्ने कम्युटर अपरेटरहरु

  • Technology Khabar | ४ माघ २०७९, बुधबार
यी हुन राहदानी र कन्सुलर विभागमा काममा जान नमान्ने कम्युटर अपरेटरहरु

काठमाडौं ।

राहदानी विभाग र कन्सुलर विभागमा नियुक्त भएका कम्युटर अपरेटरहरु जान नमानेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल हाजिर हुन आदेश दिएको छ।

परराष्ट्र मन्त्रालयअन्तरगतका दुई विभागमा काजमा खटाईएका कम्युटर अपरेटरहरुले जान नमानेको बताईएको छ।

मन्त्रालयले पुस १७ गते निर्णय गरेर २८ जना कम्प्युटर अपरेटरहरुलाई कामकाजका लागि राहदानी विभाग र कन्सुलर विभागमा कामकाजमा खटाएको थियो।

तर सामान्य प्रशासन मन्त्रालयको आदेश अटेर गरेर कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभाग नगएपछि तत्काल हाजिर हुने व्यवस्था गर्न आदेश दिएको हो।

पछिल्लो समय दैनिकजसो समाचार बन्दै आएको राहदानी विभागले कर्मचारी कम भएको भन्दै थप कर्मचारी माग गरेको थियो। सोही आधारमा मन्त्रालय, आयोग लगायत विभिन्न कार्यालयहरुबाट ३ महिने काजमा कर्मचारीहरु पठाउने निर्णय भएको थियो।

जसअनुसार २८ जनामध्ये ११ जना कन्सुलर विभागमा र बाँकीलाई राहदानी विभागमा खटाईएको थियो।

तर हालसम्म कामकाजमा खटाईएका कम्युटर अपरेटरहरु खटाईएको निकायहरुमा हाजिर हुन नगएको भनि गुनासो प्राप्त हुन आएको हुँदा यथासिघ्र हाजिर हुन जाने व्यवस्था मिलाउन भनेको हो।

MOFAGA_Notice_20230117081930

प्रकाशित: ४ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...