आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

  • Technology Khabar | ३ माघ २०७९, मंगलवार
आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

काठमाडौं ।

आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको छ।

यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ।

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहकवर्गलाई समर्पित गरेको जानकारी दिएको छ।

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ।

प्रकाशित: ३ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार