नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या समाधान

  • Technology Khabar | ३ माघ २०७९, मंगलवार
नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या समाधान

काठमाडौं ।

नेपाल टेलिकमको सेवामा समस्या आएको छ। कम्पनीको मोबाइल नेटवर्कमा समस्या देखिएको हो।

आज दिउँसो अचानक समस्या आएसँगै प्रयोगकर्ताहरु तनाबमा रहेका छन्। र केहिले सामाजिक संजालहरुमा गुनासो र समस्या व्यक्त गरेका छन्।

हाल काठमाडौंभर विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। तर के कारणले भएको भन्ने खुलेको छैन्।

नेपाल टेलिकमबाट अन्य कम्पनीका नेटवर्कमा फोन कल जाने आउने भएपनि टेलिकम भित्रकै फोन नम्बरहरुमा भने कुराकानी गर्न कठिन देखिएको हो।

तर उक्त समस्या समाधान गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले यसअघि देखिएको समस्या पुरै समाधान भईसकेको जानकारी दिए ।

“प्राविधिक समस्या करिब १५ मिनेटजति देखियो र तत्काल समाधान भईसक्यो,” उनले टेक्नोलोजीखबरसँग भने, “अब भने फोनको ट्राफिक धेरै बढेको छ।”

तर प्रवक्ता अधिकारीले कस्तो किसिमको प्राविधिक समस्या भएको हो भन्ने खुलाएनन्।

प्रकाशित: ३ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार