ट्र्याक्टर अब गोबरबाट चल्नेछ, कसरी प्रयोग गर्ने?

  • Technology Khabar | ३ माघ २०७९, मंगलवार
ट्र्याक्टर अब गोबरबाट चल्नेछ, कसरी प्रयोग गर्ने?

काठमाडौं ।

हामीले गाउँ घर तिर गुईठा (गोबरबाट बनाइएको दाउरा)को प्रयोगबाट आगो बालेको देखेका छौं। वैज्ञानिकहरुले गोबरबाट चल्ने ट्र्याक्टर बनाएका छन्।

यस्तो ट्र्याक्टर बेलायतको कम्पनी बेनामनले बनाएको हो। ट्र्याक्टरको न्यू हल्याण्ड टी७ राखिएको छ। यो ट्र्याक्टर खेती किसानीका लागि उत्कृष्ट विकल्प हुने ड्राइडस्पार्कले उल्लेख गरेको छ। यसलाई चलाउनका लागि डिजलको आवश्यक पर्दैन। यो ट्याक्टर २७० हर्सपावरको छ।

खेती किसानीमा गोबर धेरै उपयोगी मानिन्छ। बालीलाई पोषण प्रदान गर्न र जैविक खेतीका लागि गोबरको प्रयोग गरिन्छ। यस्तोमा गोबरबाट चल्ने ट्र्याक्टर आएको खण्डमा गोबरको महत्व अझै बढ्नेछ। यो ट्याक्टरले डिजलबाट चल्ने ट्र्याक्टरले जस्तै काम गर्न सक्षम भएको कम्पनीको दाबी छ।

किन गोबर

गाईको गोबरमा फ्यूजिटिभी मिथेन ग्यास पाइन्छ। यो पछि बायोमिथेन इन्धनमा परिवर्तन हुन्छ। यसबाट किसानको लागत घट्नुको साथै प्रदुषण रोक्नका लागि पनि मद्दतकारी हुने विश्वास गरिएको छ।

गोबरबाट तयार गरिएको बायोमिथेन इन्धनबाट २७० बीएचपीको ट्याक्टर सजिलै चल्ने जानकारहरुले बताएका छन्। बेलायतका वैज्ञानिकहरुले गोबरमा प्राप्त हुने मिथेन ग्यासको प्रयोगबाट ट्याक्टर चलाएका हुन्। यो सीएनजीको प्रयोगबाट गाडी चलाउनु जस्तै भएको बताइएको छ।

काम कसरी गर्छ?

गोबरलाई संकलन गरेर बायोमिथेनमा परिवर्तन गरिन्छ। यसका लागि ट्र्याक्टरमा एउटा क्रोयोजेनिक ट्यांक पनि लगाइएको छ। यहाँ गोबरबाट तयार भएको बायोमिथेन इन्धनको प्रयोग गरिन्छ। क्रोयोजेनिक ट्यांकले १६२ डिग्रीको तापमानमा बायोमिथनेको लिक्विफाइड गर्छ।

प्रकाशित: ३ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...