एप्पल म्याकबुक प्रो आज लन्च हुने सम्भावना

  • Technology Khabar | ३ माघ २०७९, मंगलवार
एप्पल म्याकबुक प्रो आज लन्च हुने सम्भावना

काठमाडौं ।

एप्पलले पछिल्लो केही समयदेखि नयाँ म्याकबुक प्रो मोडलहरुमा काम गरिरहेको छ। क्युपर्टिनोको टेक्नोलोजी जायन्टले उक्त नयाँ ल्यापटपहरु लन्च गर्ने तयारीमा रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

आधिकारीक रुपमा अनावरण हुनु अघि एप्पलको आगामी म्याकबुक प्रो मोडलहरु क्यानाडाको रेगुलेटरी डाटाबेसमा देखा परेको र यसले उक्त डिभाइसको आनावरण धेरै टाढा नभएको संकेतको रुपमा लिइएको छ।

उक्त म्याकबुक प्रो ल्यापटप वाई–फाई ६ई सपोर्ट सहित आउन लागेको भनी रेगुलेटरी डाटाबेस लिस्टीङले उजागर गरेको  छ। एप्पलका पछिल्लो म्याकबुक प्रो मोडलहरुले २.४ गीगाहर्ज र ५ गीगाहर्ज ब्याण्डहरुमा सीमित वाई-फाई ६ई स्ट्याण्डर्ड सपोर्ट गर्नेछ।

एप्पल म्याकबुक प्रो ब्रान्डिङ भएको उक्त डिभाइसको प्रमाणपत्र नम्बर ५७९सी–ए२७७९ रहेको उल्लेख गरिएको छ। वायरलेस नेटवर्कको लागि गरिएको सपोर्ट अपग्रेड बाहेक हालको जेनरेशनका मोडेलहरूको तुलनामा नयाँ डिभाइसहरुमा थप पोर्टहरू, स्क्रिनको शीर्ष भागमा नोच सहित अन्य केही परिवर्तनहरू हुने अपेक्षा गरिएको छ।

त्सैगरी एप्पल म्याकबुक प्रो १४ इन्च र १६ इन्च गरी दुई साइजमा उपलब्ध हुने सम्भावना रहेको र उक्त डिभाइसहरु एम२ प्रो र एम२ म्याक्स चिप्सद्वारा संचालित हुने भनी अफवाहहरू पनि रहेको उल्लेख गरिएको छ। साथै उक्त ल्याप्टपहरु कम्पनीको योजना अनुसार आज साँझ एक प्रेस विज्ञप्ती मार्फत लन्च गर्न लागिएको बताइएको छ।

प्रकाशित: ३ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार