सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै माओवादीकी रेखा शर्मा

  • Technology Khabar | ३ माघ २०७९, मंगलवार
सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै माओवादीकी रेखा शर्मा
फाइल तस्विर

काठमाडौं ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा वर्तमान सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री हुने भएकी छन्।

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएसँगै सांसद रेखा शर्मासहित सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ। जसअनुसार शर्मा सञ्चार मन्त्रीमा नियुक्त हुने छन्।

शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिईन्।

शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी थिइन्।

यसअघि सांसद शर्माको नाम यसअघि अन्य पदका लागि समेत चर्चामा थियो।

प्रकाशित: ३ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...