
काठमाडौं ।
जापानी अटोमोटिब कम्पनी माज्दाको पहिलो अल इलेक्ट्रिक कारको रुपमा एमएक्स-३० रहेको छ। अमेरिकामा ईभीको प्रयोग बढ्दो क्रममा छ। यस्तो अवस्थामा पनि जापानी कम्पनी भने आफ्नो उत्पादनबाट अमेरिकी उपभोक्ताको मन जित्न असफल भएको हटकारले उल्लेख गरेको छ।
माज्दाले अमेरिकामा सन् २०२१ सेक्टेम्बरमा एमएक्स-३० इलेक्ट्रिक सार्वजनिक गरेको छ। हालसम्म कम्पनीले अमेरिकामा ५०५ यूनिट एमएक्स–३० बिक्री गरेको छ। सन् २०२२ जम्मा जापानी कम्पनीको ईभी ३२४ यूनिट बिक्री भएको छ। डिसेम्बरमा एमएक्स-३० जम्मा ८ यूनिट मात्र ग्राहकलाई डेलिभरी गरिएको छ।
अमेरिकामा माज्दा एमएक्स-३० सफल नहुनुको पछाडि खराब ड्राइभिङ रेञ्ज बताइएको छ। एमएक्स-३०ले फुल चार्जमा १६० किलोमिटर रेञ्ज प्रदान गर्छ।
माज्दा एमएक्स-३० अल इलेक्ट्रिक र प्लग इन हाइब्रिड भर्सनमा ई स्काईएक्टिभ प्लेटफर्ममा तयार गरिएको थियो। तर अमेरिकी बजारमा एमएक्स-३० इलेक्ट्रिक मात्र भित्र्याइएको छ। यस ईभीमा १०५ किलोवाट फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३५.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ।
उक्त मोटरले १९५ एलबी पावर उत्पादन गर्नुका साथै ३० देखि ४० मिनेटमा ४० किलोवाट डीसी चार्जरको मद्दतबाट ८० प्रतिशत चार्ज हुन्छ। यद्दपि स्ट्यान्डर्ड ६.६ ििकलोवाट एसी चार्जरबाट चार्ज गर्न साढे ४ घण्टाको समय लाग्छ।
माज्दा एमएक्स–३० अमेरिकामा दुई ट्रिम स्ट्यान्डर्ड र प्रमियम प्लसमा उपलब्ध छ।
प्रकाशित: ३ माघ २०७९, मंगलवार