
काठमाडौं ।
विश्वको चर्चित मोबाइल गेम पब्जीको मासिक सक्रिय प्रयोगकर्ता २८ करोड भन्दा बढी रहेका छन्। पब्जी मोबाइलले सार्वजनिक गरेको प्रयोगकर्ताको डाटा अनुसार मासिक सक्रिय प्रयोगकर्ता २८ करोड ३९ लाख ५ हजार ५४७ छन्।
सन् २०१७ मा सार्वजनिक भएदेखि पब्जी मोबाइल युवाहरुका माझ लोकप्रिय रहँदै आएको छ। पछिल्लो समय डीआरएस गेमिङले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा दोस्रो स्थान प्राप्त गरेसँगै नेपालमा पब्जी प्रतिको चासो बढ्दो क्रममा छ।
डीआरएस गेमिङले विश्वका उत्कृष्ट पब्जी टिमसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै उपविजेता बनेको हो। यस प्रतियोगितबाट मात्रै डीआरएस गेमिङले ३ करोड रुपैयाँ भन्दा बढी पुरस्कार राशी पनि जित्न सफल भएको थियो।
पब्जीको डाटा अनुसार दैनिक सक्रिय प्रयोगकर्ता २३.६ मिलियन छन्।
विश्वमा सबैभन्दा धेरै पब्जी खेलिने मुलुकमा अमेरिकी शीर्ष स्थानमा छ। भारत, ब्राजिल, टर्की र रुस क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा छन्।

प्रकाशित: ३ माघ २०७९, मंगलवार