
काठमाडौं ।
सुर्खेतको वीरेन्द्रनगरलाई प्रविधियुक्त नगरका रूपमा विकास गर्ने अबधारणा अघि सारिएको छ। सोही अनुसार नगरको बजार क्षेत्रमा ‘स्मार्ट सिटी’ का आधार तयार गर्न केही वर्षयता विभिन्न निकायबाट प्रयासहरू थालिएका छन्। त्यस मध्येको एक हो, बजार क्षेत्र तथा उपत्यकाका मुख्य चोकमा सीसी क्यामरा जडान।
तर, मर्मत सम्भारमा ध्यान नदिँदा सोसो क्यामरा बेबारिसे बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य बजारसहित नगरका २२ स्थानमा सीसी क्यामरा जडान भएकोमा हाल तोमध्ये २८ ओटाले मात्रै काम गर्छन्। ठूलो लगानीमा जोडिएका ६४ वटा क्यामरा अहिले प्रयोगमा छैनन्।
लामो समयदेखि लथालिङ्ग सीसी क्यामराको मर्मतमा नगरपालिकाले खासै चासो दिएको छैन। बजारमा जडान गरिएका क्यामराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा छ। प्रहरीका अनुसार अहिले २८ ओटा क्यामराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ। अरू क्यामराको कन्ट्रोल रुमसँग सम्पर्क टुटेको छ।
अधिकांश क्यामरा बिग्रिएर काम नलाग्ने भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए। नगरका मुख्य चोकमा राखिएका क्यामरासमेत बिग्रिएको अवस्थामा रहेको उनले जानकारी दिए।
डीएसपी कार्की सीसी क्यामराको सहायताले बजार क्षेत्रमा हुने तस्करी आपराधिक व्यक्तिहरूको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्ने बताउँछन्। चोरीका घटनामा अनुसन्धान गर्न पनि समस्या हुने गरेको उनले बताए।
निकै व्यस्त रहने यरिचोकमा जडान गरिएको सीसी क्यामरासमेत बिग्रिएको छ। सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रँदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको छ।
“स्मार्ट सिटी” अवधारणामा रहेर विकास निर्माणको काम गरिरहेको दाबी गर्ने नगरपालिकाले त्यसका लागि बनेका संरचना र प्रविधिको उचित संरक्षण गर्न सकेको छैन। बीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग जोड्न सुरु गरिएका काम अलपत्र बनेका हुन्। स्मार्ट सिटीका लागि सहरका क्रियाकलाप तथा गतिबिधिलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ। जसअन्तर्गत बीरेन्द्रनगरलाई सोसो क्यामराबाट निगरानी गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन।
नगरको बजार क्षेत्रलाई रातमा पनि उज्यालो राख्न यसअघि पटक-पटक जडान गरिएका सोलार बत्तीको उस्तै हालत छ । केहीबाहेक धेरैजसो सोलार बत्ती अहिले प्रयोगमा छैनन् । नगरमा पछिल्लो पटक जडान गरिएका केही हाइमास्ट लाइट पनि बिनिसकेका छन्।
उज्यालो र सुरक्षित नगर निर्माणका लागि नगरपालिकाले दुई वर्षअघिदेखि विभिन्न चोकमा ठूलो क्षमताका लाइट जडान थालेको थियो । मर्मतका लागि तो हाइमास्ट लाइटको अवस्था अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ। सिस्टममा आएको खराबीका कारण कतिपय ठाउँका लाइटमा समस्या देखिएको बताइएको छ ।
सीसी क्यामरा र हाइमास्ट लाइट प्रविधि महँगो तथा मर्मतका लागि जनशक्तिको पनि अभाव रहेकाले समस्या भएको नगरप्रमुख मोहनमाया ढकालले बताईन। नगरमा जडान गरिएका प्रविधिको विस्तार तथा मर्मतका लागि प्रदेश सरकारसँग पनि सहयोग मागिएको उनले जानकारी दिईन्। उनी भन्छिन्, “प्रविधिको मर्मत सम्भार निकै कठिन छ, मर्मतका लागि सामान र जनशक्ति बाहिरबाट झिकाउनुपर्छ, प्राविधिक जनशक्ति नहुुँदा सिसी क्यामेराजस्ता प्रविधि मर्मतमा ढिलाइ हुने गरेको छ।”
बिग्रिएका सीसी क्यामरा र हाइमास्ट लाइटको मर्मत नगरपालिकाले तत्काल गर्नेगरी तयारी गरेको उनको भनाइ छ। उनले वीरेन्द्रनगर राजधानी सहर भएकाले यसलाई प्रविधिमैत्री बनाउन प्रदेशको पनि उत्तिकै सहकार्य आवश्यक रहेको जानकारी दिईन्।
२०७३ सालमा पहिलो पटक सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरमा सिसी क्यामरा जडान सुरु गरिएको थियो। बजार क्षेत्रको निगरानी र नागरिकको सुरक्षाका लागि त्यतिबेला ३१ स्थानमा सीसी क्यामरा जडान गरिएका थिए।
प्रकाशित: १ माघ २०७९, आईतवार