चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो तीनओटा नयाँ भूउपग्रह

  • Technology Khabar | १ माघ २०७९, आईतवार
चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो तीनओटा नयाँ भूउपग्रह

काठमाडौं ।

चीनले शुक्रबार तीनओटा भूउपग्रह अन्तरिक्षमा राखेर लङ मार्च-२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ।

यो रकेट बेइजिङ समयअनुसार दिउँसो ३ बजे प्रक्षेपण भएको थियो।उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट र याओगान-३७, शियान-२२ए र शियान-२२बी भूउपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा पठाइएको छ।

तीनवटा भूउपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरण अनुगमन जस्ता नयाँ प्रविधिहरूको इन-अर्बिट प्रमाणीकरणका लागि प्रयोग गरिनेछ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ४६१औँ उडान अभियान भएको शिन्ह्वाले जनाएको छ।

प्रकाशित: १ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...