रेनोसँग मिलेर बनाएको डोङ्गफेङ्ग नानो बक्स इभी एसयूभी, ६ सेकेन्डमा ५० किमी प्रतिघण्टा पुग्ने

  • Technology Khabar | १ माघ २०७९, आईतवार
रेनोसँग मिलेर बनाएको डोङ्गफेङ्ग नानो बक्स इभी एसयूभी, ६ सेकेन्डमा ५० किमी प्रतिघण्टा पुग्ने

काठमाडौं ।

डोङ्गफेङ्ग (Dongfeng) द्वारा चीनमा इलेक्ट्रिक एसयूभी नानो बक्स (SUV Nano Box) लन्च गरिएको छ। पहिले, यो कार रेनोले बनाएको थियो जसलाई रेनो क्विड भनिन्छ। त्यसपछि यसको इलेक्ट्रिक संस्करण रेनो सिटी के-जीई आयो।

डोङफेङ र रेनोले यो कार चीनमा मिलेर बनाएका हुन्। युरोपमा यसलाई डासिया स्प्रिङ्गको रूपमा प्रस्तुत गरिएको थियो।

डोङ्गफेङ्गको नानो बक्स इलेक्ट्रिक भेहिकलको चीनमा मूल्य ५९,७०० छ। यो हालै चीनमा लन्च गरिएको छ।

डोङ्गफेङ्ग नानो बक्स इलेक्ट्रिक कार डिजाइन, सुविधाहरू, शक्ति
विद्युतीय कारमा गोलाकार आकार देखिन्छ। यसको अगाडि चार्जिङ पोर्ट छ। यसले ३७३२/१५७९/१५१५ एमएम मापन गर्छ र यसको व्हीलबेस २४२३ एमएम छ। इन्टेरियरको कुरा गर्दा इलेक्ट्रिक कारमा दुई टोन डिजाइन दिइएको छ।

डोङछेदीको रिपोर्टकाअनुसार यसको भित्र ७ इन्चको इन्स्ट्रुमेन्ट प्यानल र १० इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन दिइएको छ। कारमा एप कनेक्टिभिटी दिइएको छ, जसमार्फत डोर रिमोट कन्ट्रोल, रिमोट एयर कन्डिसन कन्ट्रोल, गाडीको पोजिसनिङ, कार सर्च, चार्जिङ म्यानेजमेन्ट जस्ता सुविधाहरू उपलब्ध छन्। यसको सिट फेक लेदर मेटेरियलबाट बनेको छ।

डोङ्गफेङ्ग नानो बक्सको पावरको बारेमा कुरा गर्दा, यसमा फ्रन्ट मोटर छ जुन ३३ किलोवाट आउटपुटको साथ आउँछ। यसले १२५ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले ६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।

यसमा लिथियम आयन ब्याट्री राखिएको छ, जसको क्षमता १५.९७किलोवाट आवर छ। यसको इन्ट्री लेभल मोडेलमा छिटो चार्ज गर्ने सुविधा छैन र फुल चार्ज गर्न ३ घण्टा लाग्छ। अन्य दुई मोडलमा फास्ट चार्जिङ सपोर्ट गरिएको छ।

प्रकाशित: १ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार