
काठमाडौं ।
बंगलादेशमा ह्वावे-बियूईटी आईसीटी एकेडेमीको पहिलो प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
चिनियाँ प्राविधिक कम्पनी ह्वावे र बंगलादेश इन्जिनियरिङ र टेक्नोलोजी विश्वविद्यालय (बियूईटी) ले संयुक्त रूपमा युवा विद्यार्थीहरूलाई उद्योग-अनुकूल सीपहरू प्रदान गर्न गैर-लाभकारी शिक्षा कार्यक्रम सुरु गरेका छन्।
शुक्रबार एक विज्ञप्तिमा ह्वावेले विद्यार्थीहरू एकेडेमीमा करिब पाँच महिनासम्म प्रशिक्षणमा सहभागी हुने बताएको छ।
चलिरहेको पहिलो कार्यक्रमको पाठ्यक्रमले रूटिङ र स्विचिङ (आईपी नेटवर्कहरू), र फाइभजी (सेलुलर र मोबाइल नेटवर्कहरू) समेट्छ। क्रमशः एकेडेमीले थप पाठ्यक्रमहरूमा १९ विषयहरूमा ८३ प्रमाणीकरण कार्यक्रमहरू कभर गर्नेछ।
सहभागीहरूलाई विश्वभरका ३,००० भन्दा बढी प्रशिक्षकहरूसँग कुराकानी गर्ने मौका दिइने बताईएको छ।
प्रकाशित: १ माघ २०७९, आईतवार