एरिक्सनले अमेरिकी मुद्दामा सम्भावित जरिवाना तिर्न २ अर्ब स्विडिस क्रोनर छुट्ट्यायो

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
एरिक्सनले अमेरिकी मुद्दामा सम्भावित जरिवाना तिर्न २ अर्ब स्विडिस क्रोनर छुट्ट्यायो

काठमाडौं ।

एरिक्सनले अमेरिकी मुद्दा सुल्झाउनका लागि तिर्नुपर्ने जरिवानालाई ध्यानमा राखेर आफ्नो वित्तीय व्यवस्थामा २.३ अर्ब स्विडिस क्रोनर छुट्याएको छ।

एरिक्सनले आफ्नो २०१९ मा स्थगित अभियोजन सम्झौता (डीपीए) को कथित उल्लङ्घनको लागि अमेरिकी न्याय विभागसँग सम्भावित समाधानको सम्बन्धमा आफ्नो चौथो त्रैमासिक वित्तीय परिणामहरूमा २.३ अर्ब स्विडिस क्रोनर प्रावधान गरेको घोषणा गरेको छ।

तर सो विषयमा अहिलेसम्म त्यस्तो कुनै निर्णय हुन नसकेको उसले जोड दिएको छ।

एरिक्सनले भनेअनुसार यो आंकडा कुनै पनि रिजोलुसनसँग सम्बन्धित वित्तीय जरिवानाको “पर्याप्त भरपर्दो” अनुमान हो र गत महिना घोषणा गरिएको विस्तारित अनुगमनको लागत समावेश गर्दछ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...