साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र केओआईसीए (कोरिया इन्टरेस्नल कर्पोरेसन एजेन्सी) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ।

गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा भएको छलफल तथा अन्तरक्रियाले साइबर अपराध अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल भएको चर्चा गरे। गोष्ठीमा भएका सैदान्तिक अभ्यासलाई व्यवहारमा लागू गर्न सके अझै फलदायी हुने अपेक्षा राख्दै आगामी दिनहरूमा समेत यस्ता गोष्ठीलाई निरन्तरता दिनुपर्ने उनले उल्लेख गरे।

उक्त अवसरमा केओआईसीएका नेपालका प्रोजेक्ट मेनेजर प्रो. गिबुम किमले सहभागीहरूबीच छलफल र सक्रिय सहभागीताले गोष्ठी फलदायी भएको चर्चा गरे। नेपाल प्रहरीलाई साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षमता अभिवृद्धिमा आफ्नो टिमको निरन्तर सहयोग रहने उनले बताए।

गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of  Criminal Justice and role of prosecutors in Korea, International legal framework on Cybercrime, Transborder access to cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा दुई दिनसम्म प्रशिक्षण प्रदान गरेको थियो। मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धि जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीमा केओआईसीए नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार