
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले डिजिटल अर्थतन्त्र बनाउने भन्ने विषयमा कुनै काम हुन नसकेको बताए। उनले आज निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै डिजिटल नेपालको विषयमा पछाडि परेको बताएका हुन्।
पूर्व प्रधानमन्त्री तथा नेकपा समाजबादीका अध्यक्ष नेपालले राष्ट्रिय परिचयपत्र बितरण गर्न शुरु गरेको १२ वर्षमा पनि प्रदान गर्न नसकिएको भन्दै त्यसमा ध्यानदिनुपर्ने बताएका छन् ।
“यो भन्दा ठूलो विडम्बना के हुन सक्दछ,” उनले भने।
उनले जग्गाको तथ्यांकलाई डिजिटलाइज गर्ने भनिए पनि गर्न नसकिएको र डिजिटल अभिलेखिकरण नभएको समेत बताएका छन्।
“डिजिटल इकोनोमीको कुरा गरिरहेका छौं, आईटी सेक्टरको कुरा गरिरहेका छौं, विज्ञान प्रविधिको कुरा गरिरहेका छौं त्यसबाट यावत समुचित फाईदा लिएर हाम्रो गभर्निङ्ग सेक्टरमा उपयोग गर्नुपर्ने र त्यसमा सरकारको ध्यान जावोस,” उनले भने।
यसका साथै उनले अर्थतन्त्र धरासायी हुने अवस्थामा गएको आर्थिक विकासका लागी नीति निर्माण गर्न अनुरोध गरे।
प्रकाशित: २५ पुष २०७९, सोमबार