
काठमाडौं ।
रेनोले भारतमा इलेक्ट्रिक सवारी उत्पादन गर्ने भएको छ। भारतमा इलेक्ट्रिक सवारी प्रयोग गर्ने ग्राहकको संख्या बढ्दो क्रममा रहेकाले कम्पनीले भारतमा ईभी उत्पादन गर्ने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ।
भारतले सन् २०२२ मा ईभी बिक्रीमा जापानलाई पछि पारेको छ। भारतमा अन्य सवारीको तुलनामा इलेक्ट्रिक सवारी सेगमेन्ट तीब्र गतिमा वृद्धि भइरहेको छ। भारत सरकारले सन् २०३० सम्म ईभीमा वार्षिक ३० प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले सब्सिडी पनि दिइरहेको छ।
रेनो भारतमा कति परिणाममा इलेक्ट्रिक सवारीको माग हुन सक्छ भन्ने विषयको आकलन गरिरहेको छ। साथै कारको मूल्य र पार्ट तयार गर्नुका साथै ईभी बनाउने क्षमता पनि आकलन गरिरहेको छ। कम्पनीको लक्ष्य अनुसार काम भएमा सन् २०२४ को अन्त्यसम्म ईभी सार्वजनिक हुन सक्छ।
रेनो इन्डियाका सीईओ लुका डे मेओका अनुसार कम्पनी विश्वस्तरमा ईभीमा ध्यान दिइरहेको छ र हाम्रो ग्रुपका लागि भारत प्रमुख बजार मध्येमा एक हो।
एसएन्डपी ग्लोबल मोबिलिटीका अनुसार जापानलाई पछि पार्दै भारत प्यासेन्ज र अन्य हल्का सवारीमा संसारको तेस्रो ठूलो बजार बन्नका लागि तयार छ। सन् २०२२ मा अनुमानित बिक्री २३ प्रतिशतले बढेर ४.४ मिलियन सवारी पुगेको छ।
यो अमेरिकाको भन्दा पनि धेरै हुनेछ। गत वर्ष सन् २०१९ को बिक्री भन्दा कम हुने अनुमान गरिएको छ। साथै चीनमा पनि माग कम रहेको छ। रेनो आफ्नो ईभी यूनिटका लागि निसाससँग वर्तालाभमा छ। तर जापानी कार निर्माता आफ्नो बौद्धिक सम्पतीको सुरक्षा सहित कयौं मुद्दाका कारण यो डिलमा कमजोर भएको छ।
भारतको ईभी बजारमा अहिले घरेलु निर्माता टाटा मोटर्सको प्रभुत्व छ। साथै स्टेलान्टिस, हुन्डाई, एसएआईसीको एमजी मोटरलगायत विदेशी कम्पनीले ईभी सार्वजनिक गरिरहेका छन्।
रेनोले चीनमा पहिलेदेखि क्वीड ईभी एडिसन बनाउँदै आएको छ र यसलाई सिटी केजेडईको रुपमा बिक्री गरिँदै आएको छ। साथै डेसिया स्प्रिङको रुपमा फ्रान्समा निर्यात गरिँदै आएकोे छ। द स्प्रिङ फ्रान्समा सबैभन्दा बढी बिक्री हुने ईभीमा दोस्रो स्थानमा छ। यसको रेञ्ज २३० किलोमिटर छ। सब्सिडी बिना यसको शुरुवाती मूल्य २१ हजार ८६९ अमेरिकी डलर छ।
भारतमा छूट प्राप्त गर्नका लागि रेनोलाई दक्षिण भारतमा आफ्नो सहयोग निशानको प्लान्टमा कार निर्माण गर्नु पर्ने हुन्छ।
प्रकाशित: २५ पुष २०७९, सोमबार