
काठमाडौं ।
राहदानी विभागको सर्भरमा देखिएको समस्या समाधान भएको छ।
विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा पुस १७ गतेदेखि आएको सुस्तता समाधान भएको राहदानी विभागले जानकारी गराएको छ।
विभागको सेवा शुरु भए पनि राहदानीको लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा एसएसम प्राप्त भएपछि अथवा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात राहदानी लिन आउन विभागले अनुरोध गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विभागको काम कारबाही चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिए लगत्तै विभागको सर्भरमा समस्या आएको थियो।
प्रकाशित: २४ पुष २०७९, आईतवार