वानप्लसको ट्याबलेट अपेक्षित समयभन्दा छिट्टै सार्वजनिक गरिने

  • Technology Khabar | २५ पुष २०७९, सोमबार
वानप्लसको ट्याबलेट अपेक्षित समयभन्दा छिट्टै सार्वजनिक गरिने

काठमाडौं ।

वानप्लसले चीनमा हालै वानप्लस ११ स्मार्टफोन अनावरण गरेको थियो। यो वर्ष वानप्लसको स्मार्टफोनहरु बाहेक थप अन्य डिभाइसहरु पनि देख्न पाइने अपेक्षा गरिएको एक रिपोर्टमा उल्लेख गरिएको छ। सोही क्रममा वानप्लस ट्याबलेटको कार्य भइरहेको रिपोर्टले थप बताएको छ।

उक्त वानप्लस ट्याबलेटको कोडनेम एरिज रहेको बताइएको छ। साथै कम्पनीको उक्त डिभाइसलाई वानप्लस ट्याब वा वानप्लस प्याडको रुपमा डेब्यू गराइने अपेक्षा रहेको बताइएको छ। त्यसैगरी कम्पनीले उक्त ट्याबलाई वानप्लस ११ आर सँगसँगै लन्च गर्ने योजनामा रहेको छ। यद्यपी आनवरण मितिको बारेमा अहिले ठोस जानकारी नभएता पनि २०२३ को जुन महिनाको आसपासमा सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।

वानप्लस ट्याबलेटको अपेक्षित स्पेसिफिकेसनहरु

वानप्लसले उक्त ट्याबलेट सबैभन्दा पहिले भारतमा लन्च गर्ने योजनामा रहेको बताइएको छ। तसर्थ उक्त ट्याबलेट बजेट केन्द्रित हुनसक्ने सम्भावना रहेको बताइएको छ। वानप्लसको आगामी ट्याबलेट हाल बजारमा उपलब्ध भइरहेको ओप्पोको ट्याबलेटहरु मध्ये एकबाट प्रेरित हुन सक्ने उल्लेख छ। यद्यपी वानप्लसको उक्त ट्याबलेट ओप्पोको ट्याबलेटको हुबहु नक्कल भने हुने छैन्।

वानप्लसले आफ्नो ट्याबलेटको डिजाइनमा केहि परिवर्तन गर्ने सम्भावना रहेको बताइएको छ। साथै उक्त ट्याबलेटको स्पेसिफिकेसनहरुमा पनि केहि परिवर्तनहरु देखिने अपेक्षा गरिएको बताइएको छ। ओप्पोको कुन ट्याबलेटबाट वानप्लस ठ्याक्कै प्रेरित भएको हो भन्ने स्पष्ट जानकारी नभएतापनि ओप्पो प्याड एयर हुन सक्ने अनुमान रहेको छ।

उक्त ट्याबलेटको २के रिजोलुसन सहित १०.३ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहने छ। साथै ओप्पो प्याड एयरमा क्वालकम स्न्यापड्रागन ६८० एसओसी मिडरेञ्ज चिप समावेश गरिने छ। यसबाहेक ट्याबलेटमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ७१०० मिलि यम्पियर आवर(एमएएच) को ब्याट्री समावेश गरिएको बताइएको छ।

प्रकाशित: २५ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...