काठमाडौं ।
करिब चार दशक पछि नासाको अन्तरिक्षमा रहेको अर्थ रेडियसन बजेट स्याटेलाइट (इआरबीएस) पृथ्वीमा खस्न लागेको बताइएको छ। उक्त ‘अर्थ रेडियसन बजेट स्याटेलाइट’को भग्नावशेषले पृथ्वीमा हानि पुर्याउने सम्भावना न्यून रहेको एजेन्सीले बताएको इनग्याजेडमा उल्लेख गरिएको छ।
५,४०० पाउण्ड तौल भएको इआरबीएसले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नू अघि नै त्यसको धेरै जस्तो भागहरु जलेर नष्ट हुने अपेक्षा नासाले गरेको बताइएको छ। यस हप्ताको शुरुवातमा रक्षा विगागले इआरबीएस पृथ्वीको वायुमण्डलमा आइतबार साँझ लगभग ६ः ४० मा पुनः प्रवेश गर्ने जानकारी दिएको बताइएको छ।
सन् १९८४ इआरबीएसलाई स्पेस शटल च्यालेन्जरले बोकेर अन्तरिक्षमा पुर्याएको थियो छ। साथै सन् १९८६ मा भने उक्त स्पेस शटल च्यालेन्जरको दुखद अन्त्य भएको बताइएको छ। पहिलो अमेरिकी महिला अन्तरिक्ष यात्री स्याली राइडले इआरबीएसलाई अन्तरिक्ष यानको रोबोटिक आर्म प्रयोग गरी च्यालेन्जरको कार्गोबाट अलग गरेकी थिईन्।
साथै सोही मिसनको क्रममा राइडको चालक दलकी मित्र क्याथरिन सुलिभान अन्तरिक्ष पदयात्रा गर्ने पहिलो अमेरिकी महिला बनेकी थिईन्। त्यसैगरी उक्त मिसनमा दुई महिला अन्तरिक्ष यात्रीको रुपमा सँगै अन्तरिक्षमा गएको पहिलो मिसन भएको बताइएको छ।
इआरबीएसले सन् २००५ सम्म ओजोन र वायुमडलीय मापन संकलन गरेको बताइएको छ। वैज्ञानिकहरुले उक्त डाटा पृथ्वीले सौर्य ऊर्जालाई कसरी अवशोषित र विकिरण गर्छ भनि अध्ययन गर्नका लागि प्रयोग गरीएको बताइएको छ। शूरुवातमा नासाले उक्त अन्तरिक्ष यान दुई वर्षको लागि मात्र कार्यशील रहने अपेक्षा गरेतापनि इआरबीएसले भने विज्ञानको लागि धेरै नै प्रभावशाली योगदान दिएको बताइएको छ।
प्रकाशित: २४ पुष २०७९, आईतवार