
काठमाडौं ।
राहदानी छपाई तथा वितरण अनिश्चितकालिन समयका लागि अवरुद्ध भएको छ।
पुस १७ गतेदेखि सिस्टममा समस्या आएर राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुने गएको राहदानी विभागले जानकारी दिएको छ।
‘विभागले समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको छ,’ विभागको सूचनामा लेखिएको छ, ‘सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने देखिएको छ।’
राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्र विभागमा आउन अनुरोध गरेको छ।

प्रकाशित: १९ पुष २०७९, मंगलवार