अर्को वर्ष भारतमा फाइभजी सेवाहरूमा भारु १.५ लाख करोड लगानी हुने

  • Technology Khabar | १७ पुष २०७९, आईतवार
अर्को वर्ष भारतमा फाइभजी सेवाहरूमा भारु १.५ लाख करोड लगानी हुने

काठमाडौं ।

आगामी वर्ष भारतका टेलिकम कम्पनीहरूले फाइभजी सेवामा मानिसहरूलाई जोड्न र आफ्नो सञ्चालनको लागत घटाउनमा जोड दिनेछन्। अर्को वर्ष यी कम्पनीहरूले १.५ लाख करोड भारतीय रुपैयाँ लगानी गर्न सक्नेछन्। विगत तीन वर्षको अवधिमा कतिपय कम्पनी ऋणको बोझ रहेको क्षेत्रबाट बाहिरिएका छन्।

एक रिपोर्टअनुसार भारतीय अडानी समूहले टेलिकम व्यवसायको लागि आफ्नो योजना पनि घोषणा गर्न सक्ने बताईएको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आगामी वर्षको अन्त्यसम्ममा देशभर ५जी नेटवर्क सुरु गर्न दुई लाख करोड भारु लगानी गर्ने घोषणा गरेका छन् ।

भारतीय दूरसञ्चार सचिव के राजारामनले भने, “यो वर्ष फाइभजीका कारण रोमाञ्चक रह्यो। यो एउटा ठूलो पाइला हो। हामी अर्को वर्ष फाइभजीको द्रुत बिस्तारको लागि पर्खिरहेका छौं।” उनले दूरसञ्चार सेवा प्रदायकको सञ्चालन लागत घटाउन सरकारले पहल गर्ने बताए। यसले एक वर्षभन्दा बढी ऋणको बोझले दबिएका यी कम्पनीहरूको मार्जिन बढाउनेछ।

रिलायन्स जियोले २० वर्षको अवधिमा स्पेक्ट्रमका लागि ८७,९४६ करोड भारतीय रुपैयाँ तिर्नुपर्नेछ। कम्पनीले बाँकी १.१२ लाख करोड भारुको ठूलो हिस्सा अर्को वर्ष पुँजीगत खर्चको रूपमा लगानी गर्नेछ। भारती एयरटेलले ५जी नेटवर्कमा लगभग २८ हजार करोड भारु खर्च गर्ने योजना बनाएको छ। देशमा फाइभजी स्मार्टफोनको ढुवानीले अर्को वर्ष ४जी ह्यान्डसेटहरूलाई ओभरटेक गर्नेछ। दूरसञ्चार कम्पनीहरूद्वारा फाइभजी नेटवर्कको द्रुत सुरुवात र कम मूल्यका ह्यान्डसेटहरूको बिक्रीमा भएको वृद्धि यसका प्रमुख कारणहरू हुनेछन्। यद्यपि, कम्पोनेन्टको आपूर्तिमा अवरोध र सुस्तताका कारण यो वर्ष देशमा समग्र स्मार्टफोन ढुवानी घट्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...