अनलक गरियो प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल, अब सबैले हेर्न र फलो गर्न सकिने

  • Technology Khabar | १६ पुष २०७९, शनिबार
अनलक गरियो प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल, अब सबैले हेर्न र फलो गर्न सकिने

काठमाडौं ।

प्रधानमन्त्रीको आधिकारीक ट्विटर ह्याण्डल अनलक गरिएको छ। प्रधानमन्त्रीको स्वकिय सचिवालयले चलाउँदै आएको आधिकारिक ट्विटर ह्याण्डल ‘पीएमओ नेपाल’ (@PM_nepal_) अनलक भएको छ।

नयाँ सरकार गठन र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएपछि उक्त एकाउन्ट लक भएपनि यसबारे प्रधानमन्त्रीको सचिवालयले आधिकारीकरुपमा कुनै जानकारी दिएको थिएन।

तर प्रधानमन्त्रीका एक अधिकारीले भने उक्त ट्विटर ह्याण्डल नयाँ प्रधानमन्त्री सचिवालयलाई हस्तान्तरण गरि सकिएको र पुराना ट्वीटहरु आर्काइभ गर्ने प्रकृयामा रहेको बताएका थिए । उनले सोही कारण एकाउन्ट लक गरिएको जानकारी दिएका थिए।

एकाउन्ट अनलक गरिएसँगै डिसेम्बर २९ देखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भेटघाट तथा जानकारीसहितका अन्य ट्वीटहरु गरिएको छ। एकाउन्ट सार्वजनिकरुपमा हेर्न सकिने बनाएसँगै फलो गर्ने वा नगर्ने सबैले ट्वीट हेर्न, लाइक, कमेन्ट, रिट्वीट तथा शेयर गर्न सक्छन्।

कुनैपनि ट्विटर एकाउन्ट लक गर्नुको अर्थ एकाउन्ट प्राइभेट बनाउनु हो। र यस्तो एकाउन्टमा सामान्य रुपमा कसैले त्यहाँ भएका ट्वीट देख्दैनन् । जो व्यक्तिले उक्त एकाउन्ट लक हुनुभन्दा पहिले पहिले फलो गरेका हुन्छन्, ती व्यक्तिले मात्र एकाउन्टका गतिविधि हेर्न पाउँछन् ।

प्रकाशित: १६ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...