वैदेशिक रोजगार कार्यालयको टोकन व्यवस्थापनमा सहजीकरण

  • Technology Khabar | १६ पुष २०७९, शनिबार
वैदेशिक रोजगार कार्यालयको टोकन व्यवस्थापनमा सहजीकरण

काठमाडौं ।

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले वैदेशिक रोजगारमा श्रम स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ।

कार्यालयले श्रम स्वीकृति लिन चाहनेका लागि प्रत्येक दिन बिहान ११ बजेसम्म र अर्को दिन श्रम स्वीकृति लिनपर्नेका लागि प्रत्येक दिन दिउँसो ३ः३० बजेसम्म श्रम स्वीकृतिका लागि टोकन लिनुपर्ने व्यवस्था गरेको हो ।

कार्यालयका अनुसार यो व्यवस्था भएपछि तत्काल श्रम स्वीकृति लिन खोज्नेले पनि श्रम स्वीकृति नपाउने समस्या हटेको छ। कतिपयको एक/दुई दिनमै हवाई टिकट हुने र अन्तिम समयमा आएर श्रम स्वीकृति गर्न खोज्दा टोकन नै नपाउने समस्या देखिएकाले टोकन व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी वसन्तबहादुर बोहराले जानकारी दिए।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिन्छ। अनलाइनबाट श्रम स्वीकृति लिन विभागले व्यवस्था गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ। कल्याणकारी कोष र बीमाको रकमसमेत तिरेपछि मात्रै अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। गोरखापत्रबाट

प्रकाशित: १६ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • १६ पुष २०७९, शनिबार