स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट समावेश सामसङको ग्यालेक्सी बूक २ प्रो ३६० सार्वजनिक

  • Technology Khabar | १७ पुष २०७९, आईतवार
स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट समावेश सामसङको ग्यालेक्सी बूक २ प्रो ३६० सार्वजनिक

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले गत फेब्रुअरीमा इनटेल–पावर्ड ग्यालेक्सी बूक २ प्रो ३६० को अनावरण गरेको थियो। सामसङले ग्यालेक्सी बूक २ प्रो ३६० मा अब क्वालकमको स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट समावेश गरी नयाँ भर्जनको रुपमा आगामी जनवरी १६ मा सार्वजनिक गर्ने घोषणा गरेकोे छ। ल्यापटपको उक्त नयाँ मोडलको मूल्य १.८९ मिलियन कोरियन वन पर्ने उल्लेख गरिएको छ।

क्वालकमको स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट पहिलो ५एनएम चिपसेट भएको उल्लेख गरिएको छ। गत वर्ष उक्त ५एनएम चिपसेटले विन्डोज एआरएम डिभाइसेसको प्रमुख प्रदर्शनमा सुधार ल्याएको बताइएको छ। जेन २ को तुलनामा ८ सीएक्स जेन ३ चिपसेटले प्लस ८५ प्रतिशत मल्टि–कोर सीपीयू पर्फमेन्समो र प्लस ६० प्रतिशत जीपीयू पर्फमेन्स प्रदान गर्ने बताइएको छ। साथै एनपीयू २९ टप्स पुगेको बताइएको छ।

सोहि तुलनामा इण्टेल भर्जनको ल्यापटपको तुलनामा पछिल्लो जेन ३ चिपसेट समावेश गरीएको ग्यालेक्सी बूक २ प्रो ३६० ल्यापटप मोडल १३.३ जस्तै देखिने बताइएको छ। त्यसैगरी उक्त सुपर लाइट भनिएको नयाँ ल्यापटपको तौल मात्र १.०४ केजी र मोटाई ११.५ एमएम (२.२९एलबीएस, ०.४५) रहेको बताइएको छ। ३६० डिग्रीमा फ्लिप गर्न मिल्ने ल्यापटपको एमोलेड डिस्प्लेलाई ट्याबलेटको रुपमा एस पेन स्टाइलस को सहायताले नोट टिप्नको लागि प्रयोग गर्न मिल्ने उल्लेख गरिएको छ।

स्न्यापड्रागन पावर्ड ल्यापटपको ब्याट्री लाइफ पनि उल्लेखनीय रुपमा सुधारीएको बताइएको छ। उक्त नयाँ ल्यापटपको ब्याट्रीले एकपटकको सिङ्गल चार्जमा ३५ घण्टा सम्म भिडियो प्लेब्याक गर्न सक्ने बताइएको छ। इण्टेल मोडलको ब्याट्री २१ घण्टा टिक्ने बताइएको छ। त्यसैगरी सुपेरियर कनेक्टिभिटी भएको उक्त ल्यापटपले बिल्ट–इन फइभजी र वाई–फाई ६ई सपोर्ट गर्ने उल्लेख गरिएको छ।

उक्त ल्यापटपको नयाँ मोडल ईण्टरप्राइज सेक्टरको लागि उपयुक्त हुने बताइएको छ। उक्त ल्यापटपले विन्डोज ११ र माईक्रोसफ्टको सेक्यूअर्ड–कोर पीसी स्पेसिफिकेशन पालना गरी हार्डवयरलाई फर्मवयर लेवलमा लक गर्ने बताइएको छ। यो विन्डोजले प्रदान गर्ने हाईएस्ट लेवलको सेक्यूरिटी भएको उल्लेख गरिएको छ।

क्वालकमको स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट युक्त सामसङ ग्यालेक्सी बूक २ प्रो ३६० ल्यापटप दक्षिण कोरियामा आगामी जनवरी १६ मा सार्वजनिक गर्ने घोषणा गरेकोे छ। ल्यापटपको उक्त नयाँ मोडलको मूल्य १.८९ मिलियन कोरियन वन अर्थात १,५०० अमेरिकी डलर पर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १७ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...