प्रधानमन्त्रीको निर्देशन पछि दूरसञ्चार प्राधिकरणले रोक्यो एमडीएमएस दर्ता प्रक्रिया

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
प्रधानमन्त्रीको निर्देशन पछि दूरसञ्चार प्राधिकरणले रोक्यो एमडीएमएस दर्ता प्रक्रिया

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएसमा दर्ता गर्ने प्रकृया हालका लागि रोकेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै निर्देशन भएअनुसार उक्त दर्ता प्रक्रिया रोकिएको जनाएको छ।

यसका साथै प्राधिकरणले व्यक्तिगत फोन दर्तालाई सरलीकरण गर्ने उल्लेख गरेको छ। विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि आफ्नो साथमा ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिस्ट्रेसन सम्वन्धमा सेवा ग्रहिको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन आएको जनाएको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अब सरकारको निर्देशनअनुसार काम गरिने बताए।

“हामीलाई निर्देशन आएअनुसार हाल सो दर्ताको प्रकृया रोकिएको हो। अब सरल बनाएपछि मात्र लागू हुनेछ,” उनले भने, “अहिलेका लागि पुरानै तरिकाले आईएमईआई दर्ता गरिनेछ।”

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका थिए।

“मोवाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याएको एमडीएमएसमा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि आफ्नो साथमा ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिस्ट्रेसन सम्वन्धमा सेवा ग्रहिको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भए अनुसार अर्को सुचना प्रकासन नहुन्जेल सम्मको लागि पुर्वत रुपमा हुदै गरेको आईएमईआई रजिस्ट्रेसन प्रक्रिया अनुसारनै रजिस्ट्रेसन हुने व्यहोरा जानकारी गराईन्छ,” प्राधिकरणले सूचनामा भनेको छ।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...