बाँकेको दुर्गम मानिने स्थानमा टेलिकमको टावर राखिने

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
बाँकेको दुर्गम मानिने स्थानमा टेलिकमको टावर राखिने
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका टावरहरू थपिने भएका छन्। ती दुवै गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा हाल स्थानीयलाई सञ्चार सम्पर्कमा समस्या भइरहेको छ।

टेलिफोन सेवा गुणस्तरीय बनाउन दुवै पालिकामा थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नम्बर १ (क)का प्रदेश सांसद कृष्णा केसीले बताईन्। नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई भेटेर आग्रह गरेपछि टावर जडानको निर्णय भएको उनले बताईन्। सांसद केसीका अनुसार नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरको क्षमता वृद्धि गर्ने निर्णय गरिएको टेलिकमले जानकारी दिएको छ।

कोहलपुरको चप्परगौडोदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, बिनौना हुँदै गोदुबासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कमा समस्या छ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा टावर थप गरिने भएपछि खुसी व्यक्त गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नयाँ टावर जडानसँगै पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुने र जनताले राहत पाउने बताए।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार