
काठमाडौं ।
एप्पलले यस वर्ष सेप्टेम्बरमा आईफोन १४ सिरिज लन्च गरेको थियो। त्यसयता आइफोन १५ सिरिजको लन्चको चर्चा हुन थालेको छ। यसैबीच, एक रिपोर्ट बाहिर आएको छ, जसबाट फोल्डेबल आईफोनको लन्च टाइमलाइनको बारेमा जानकारी प्राप्त भएको छ।
तर, फोल्डेबल आइफोनको लन्च, मूल्य वा फिचरबारे कम्पनीले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन ।
एप्पल इन्साइडरको रिपोर्ट अनुसार, एप्पलले फोल्डेबल आईफोनको डिजाइनमा विगत केही वर्षदेखि काम गरिरहेको छ। राम्रो दृश्य अनुभव प्रदान गर्नको लागि यो आगामी डिभाइस लचिलो ओएलईडी स्क्रिन दिन सकिन्छ।
कम्पनीको पहिलो फोल्डेबल फोन सन् २०२५ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसअघि विश्लेषक मिङ-ची-कुओले फोल्डेबल फोनको लन्च विवरण साझा गरेका थिए। उनले यो फोन सन् २०२४ मा लन्च हुने बताएका थिए।
यसैबीच विगतमा आएको रिपोर्ट अनुसार कम्पनीले सन् २०२३ मा आईफोन १५ लाई विश्वव्यापी बजारमा लन्च गर्नेछ । यो स्मार्टफोन एचडी डिस्प्लेले सुसज्जित हुनेछ। यसमा डायनामिक आइल्याण्ड फिचर दिन सक्नेछ, जुन हाल आईफोन १४ प्रोमा रहेको छ।
बलियो ब्याट्री भएको आईफोन १५ मा शक्तिशाली प्रोसेसर पाउन सकिनेछ। यस बाहेक चार्जिङका लागि यूएसबी टाइप-सी पोर्ट पनि दिन सक्नेछ।
प्रकाशित: १५ पुष २०७९, शुक्रबार