पाँच महिनामा १२ हजार २८४ ईभी नेपाल भित्रियो

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
पाँच महिनामा १२ हजार २८४ ईभी नेपाल भित्रियो

काठमाडौं ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा १२ हजार २८४ युनिट विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिर मसान्तसम्म ५ अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका इलेक्ट्रिक सवारी नेपाल भित्रिएका हुन्।

विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनामा नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएका छन्।

उक्त अवधिमा ५४ करोड ८४ लाख रुपियाँ बराबरका ४ हजार ४८३ युनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएका छन् यस्तै विद्युतीय मोटरजडित साइकल २ हजार ४९० युनिट आयात भएको देखिन्छ।

उक्त अवधिमा ३ हजार ८२७ युनिट इलेक्ट्रिक तीनपंग्रे पनि आयात भएका छन् । विद्युतीय कार तथा जिप १ हजार ३५३ युनिट आयात भएको देखिन्छ।

चालु आवको मंसिरसम्ममा ४५ करोड ६७ लाख रुपियाँ बराबरको ३७ युनिट विद्युतीय बस आयात भएका छन्। भने १८ करोड ८९ लाख रुपियाँ बराबरको ७८ युनिट विद्युतीय माइक्रो बस पनि आयात भएका छन् ।

यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन १० युनिट आयात भएका छन्।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार