अब अल्जाइमर रगत परीक्षणबाट पत्ता लाग्ने

  • Technology Khabar | १५ पुष २०७९, शुक्रबार
अब अल्जाइमर रगत परीक्षणबाट पत्ता लाग्ने

काठमाडौं ।

वैज्ञानिकहरुले अल्जाइमर रोग पत्ता लगाउनका लागि रगत परीक्षणको विकास गरेको बताइएको छ। तसर्थ अब देखि महँगो मस्तिष्क इमेजिङ वा लम्बर पङक्चरद्वारा लोअर ब्याकबाट झिकिने सेरेब्रोस्पाइनल फ्लुइडको नमुना (सीएसएफ) बिना नै अल्जाइमर रोग पत्ता लगाउन सकिने बताइएको छ।

उक्त परीक्षणको मार्फत रोग प्रमाणित भएको खण्डमा रोगको छिटो निदान गर्न थप मद्दत पुग्ने र समयमै उपचारहरु शूरु गर्न सकिने बताइएको छ। डिमेन्सियाको सबैभन्दा सामान्य रुप अल्जाइमरलाई मान्ने गरिएको बताइएको छ। तर प्रारम्भिक चरणहरुमा अल्जाइमरको निदान चुनौतीपूर्ण हुने गरेको बताइएको छ।

लम्बर पङक्चर पीडादायी हुन सक्ने र बिरामीले उक्त प्रक्रिया पछि टाउ दुख्ने वा ढाड दुख्ने जस्ता अनुभवहरु महसुस गर्ने बताइएको छ। त्यसैगरी मस्तिष्क इमेजिङ महँगो भएको बताइएको छ।

अध्ययनमा संलग्न अमेरिकाको पेन्सलभेनियास्थित पिट्सबर्ग विश्वविद्यालयका प्राफेसरे थोमस करिकारीले अमेरिकामा पनि धेरै जसो बिरामीहरु एमआरआई र पीईटी स्क्यानरको पहुँचबाट पर भएको बताएका छन्।

आगामी दिनहरुको लागि उक्त भरपर्दो रगत परीक्षणको विकाश एउटा महत्वपूर्ण कदम हुन सक्ने उल्लेख गरिएको छ। रगत परीक्षण सस्तो, सुरक्षित र सजिलो हुने भएकोले अल्जाइमरको निदान गर्नका लागि क्लिनिकल ट्रायल र डिजीज मनिटरिङको लागि सहभागीहरुको चयन गरी थप मद्धत पुर्याउँदै क्लिनिकल कन्फिडेन्स बढाउने प्रोफेसरे कारीकारील बताएको उल्लेख गरिएको छ।

अहिलेको रगत परीक्षण मार्फत सही रुपमा एमाइलोइड र टाउ प्रोटिनहरुको एबनम्र्यालिटिज पत्ता लाग्ने भएतापनि मस्तिष्कको स्पेसीफीक नर्भ सेल ड्यामेज गर्ने मार्करहरु डिटेक्ट गर्न गाह्रो भएको उल्लेख गरिएको छ।

करिकारीका साथै उनका स्वीडेन, इटाली र यूकेका सहकर्मीहरु मिलेर एन्टिबडी–आधारित रगत परीक्षणको विकाश गरेको बताइएको छ। उक्त टेस्ट मार्फत अल्जाइमर रोगसँग सन्बन्धित बे्रन–डिराइभ्ड टाउ नामक प्रोटिनको पार्टिकुलर फर्म पत्ता लगाउन मिल्ने बताइएको छ।

अल्जाइमरको विभिन्न चरणमा रहेका ६ सय बिरामीहरुमा गरिएको परीक्षणमार्फत उक्त टिमले अल्जाइमर र अन्य न्यूरोडिजेनेरेटिभ रोगहरुबिच भरपर्दो तरिकाले छुट्याउन मिल्ने भनि निष्कर्श दिएको इनग्याजेडले उल्लेख गरेको छ।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार