सामसङको भियतनाम स्थित अनुसन्धान र विकास केन्द्रको निर्माण सम्पन्न

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
सामसङको भियतनाम स्थित अनुसन्धान र विकास केन्द्रको निर्माण सम्पन्न

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले भियतनामको हनोईमा आफ्नो अनुसन्धान र विकास केन्द्रको निर्माण सम्पन्न गरेको कोरिया टाइम्सले जनाएको छ।

सामसङले मार्च २०२० मा आफ्नो आर एन्ड डी सेन्टरको निर्माण सुरु गर्यो। कम्पनीले यो सुविधा निर्माण गर्न २२ करोड अमेरिकी डलर लगानी गरेको थियो।

समारोहमा सहभागी अध्यक्ष ली जे-योङले नवनिर्मित केन्द्रले भियतनामको औद्योगिक प्रतिस्पर्धालाई बलियो बनाउन र कोरिया र दक्षिणपूर्वी एसियाली राष्ट्रबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

सामसङले आफ्नो भियतनामी शाखा उत्पादन र अनुसन्धान गतिविधिहरूमा संलग्न हुने अपेक्षा गर्दै मार्च २०२० मा आर एन्ड डी सेन्टर निर्माण गर्न थालेको थियो।

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×