सूचनाप्रविधिमा सुरक्षा चुनौती बढ्दो

  • Technology Khabar | २८ जेष्ठ २०७४, आईतवार
सूचनाप्रविधिमा सुरक्षा चुनौती बढ्दो

काठमाडौं ।

काठमाडौँ, २८ जेठ। प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा चुनौती बढेको भन्दै सुरक्षित सुरक्षा प्रणालीको आवश्यकता रहेको यस क्षेत्रमा लाग्ने विज्ञहरूले बताएका छन्। शनिबार इन्फोसेक–नेपालले आयोजना गरेको कार्यक्रममा सूचनाप्रविधि विज्ञहरूले यस्तो कुरा औँल्याएका हुन्।

कार्यक्रममा क्यान–अमेरिकाका निवर्तमान अध्यक्ष प्रदीप खनालले नेपालमा समेत प्रविधिको प्रयोग बढेकाले समयमै यस क्षेत्रको जोखिम न्यूनीकरण गर्न सुरक्षा प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए । “सूचनाप्रविधि क्षेत्रमा विश्वव्यापी रूपमै सुरक्षा चुनौती देखिएको छ । नेपालमा समेत यस क्षेत्रको सुरक्षा चुनौतीको न्यूनीकरण गर्न समयमै लाग्नुपर्छ,” खनालले भने।

अमेरिकामा बसेर नेपालको सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै इन्फोसेक–नेपालद्वारा एक कार्यक्रमबीच खनाललाई सम्मान गरिएको थियो ।

उनलाई गैरआवासीय नेपालीलाई एकत्रित गरी नेपालको सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेकाले सम्मान गरिएको इन्फोसेकका निर्देशक नीरञ्जन खकुरेलले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २८ जेष्ठ २०७४, आईतवार
Desktop Popup ImageMobile Popup Image×