एप्पल आईफोन १२ प्रो २६औं तलाबाट खस्दा पनि भेटियो सकुशल

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार
एप्पल आईफोन १२ प्रो २६औं तलाबाट खस्दा पनि भेटियो सकुशल

काठमाडौं ।

एप्पल यसको उत्पादन महँगो भएकाले मात्रै प्रख्यात छैन। बरु, यो कम्पनी यसको डिभाइसहरूको ठोस गुणस्तरको लागि पनि परिचित छ। उचाइबाट खसेको वा पानीमा परे पनि आईफोन सकुशल बरामद भएको यस्ता धेरै कथा सुनिने गरेका छन् । यस्तै अर्को चकित पार्ने खबर बाहिर आएको छ जस अनुसार एक महिलाको आईफोन १२ प्रो घरको २६ औं तल्लाबाट तल खसेको थियो तर त्यो मोबाइलमा स्क्र्याच पनि भएन ।

आईफोन १२ प्रो २६ औं तलाबाट खसेको थियो

यो चकित पार्ने घटना चीनको फुजियान क्षेत्रबाट बाहिर आएको छ। रिपोर्टका अनुसार निङ्दे नामकी महिला आफ्नो घरको बालकोनीमा कार्पेट बिछ्याउँदै थिइन्। अचानक आफ्नो खल्तीमा राखिएको उनको एप्पल आईफोन १२ प्रो बाहिर निस्कियो र तल खस्यो। ती महिला त्यतिबेला भवनको २६ औं तल्लामा थिइन् र उनको खल्तीबाट आईफोन झरेर सिधै दोस्रो तलामा खसेको थियो।

समचारअनुसार यति उचाइबाट फोन खसेपछि उनी स्तब्ध भइन् र अब यो मोबाइल फोन नै काम नलाग्ने भएको अनुमान गरिन् । चिन्तित निङ्देले भवनका कर्मचारीलाई खबर गरि आफ्नो आईफोन सङ्कलन गर्न अनुरोध गरिन्। कर्मचारी दोस्रो तलामा ति महिलाको आईफोन लिन जाँदा उनी छक्क परेका थिए। त्यो एप्पल आईफोन १२ प्रो फुटेको थिएन, र सहित अवस्था थियो। यसबाहेक, यसको डिस्प्लेमा पनि कुनै स्क्र्याच थिएन।

२६ औं तलाबाट खसे पनि एप्पल आईफोन १२ प्रो पूर्णतया सुरक्षित थियो। न त बडी वा फोनको कुनै भागमा कुनै क्षति भएको थियो र फोनको स्क्रिनमा कुनै स्क्र्याच थिएन। दोस्रो तल्लामा, जहाँ आईफोन खसेको थियो, त्यहाँ फोम फ्लोर थियो। त्यसैले फोनको भुइँका कारण त्यो मोबाइलमा हानी नभएको हुनसक्ने रिपोर्टमा उल्लेख छ। तर, यति उचाइबाट खसेपछि पनि फोनमा कुनै हानी नहुँदा भने अचम्मित भएको बताईएको छ।

एप्पल आईफोन १२ प्रोको बारेमा कुरा गर्दा, यो मोबाइल स्टेनलेस स्टील फ्रेममा बनाइएको छ जसले साइड प्यानलको किनारहरू पूर्ण रूपमा कभर गर्दछ। यसको अगाडि र पछाडि सुपर सेरामिक प्यानल र म्याट टेक्सचर्ड ग्लास प्यानल प्रयोग गरिएको छ। एप्पल आईफोनको बाहिरी सतह निकै बलियो छ जसले ड्रप, स्ल्याम वा बम्पबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्छ।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार