
काठमाडौं ।
शाओमीले रिमोटबाट कन्ट्रोल हुने मिजिया स्मार्ट एक्वेरियम सार्वजनिक गरेको छ। मिजिया स्मार्ट एक्वेरियम शाओमी मलमा ५० अमेरिकी डलरको मूल्यमा केही दिनमा बिक्री शुरु गरिने गीगचाइनाले उल्लेख गरेको छ।
मिजिया स्मार्ट एक्वेरियममा ५–चरण प्रो–ग्रेड ब्याक फिल्टर सिस्टम छ। सेल्फ क्लिनिङ प्लान्डेट एन्टी क्लोगिङ वाटर पम्पले फिजिकल फिल्टरेसन र ब्याक्टेरिया बढाएर ट्यांकीमा इकोसिस्टम स्थापना गर्न र लगातार परिवर्तन हुने पानीको फ्रिक्वेन्सी घटाउन मद्दत गर्नेछ। प्रयोगकर्ताहरुले आधा वर्षमा एक पटक पानी परिवर्तन गनुपर्नेछ।
माछा ट्यांकीले पाँच–लाइन अल्ट्रा–क्लियर यूएसए ग्लास प्रयोग गर्दछ। यसमा अल्ट्रा हाई लाइट ट्रान्समिसन ९१.३ प्रतिशत छ। उत्पादनको यो स्तर अटोमोटिभ ग्लास उद्योगमा पानीमूनि प्राकृतिक पारिस्थितिकी पुनस्थापना गर्न प्रयोग गरिन्छ।
एक्वेरियमको सबैभन्दा उपयोगी विशेषताहरू मध्ये एक रिमोटबाट माछालाई खानेकुरा खुवाउने क्षमता हो। यसका लागि मिजिया मोबाइल एप चाहिन्छ। यसबाट पानीको प्रवाह र प्रकाश प्रवावहरु नियन्त्रण गर्न सकिन्छ। यी फिचरहरु घरमा नभएर माछाको हेरचाह गर्ने मौका नपाउनेहरुका लागि उपयोगी हुनेछ। यसबाट तीन महिना वा सोभन्दा बढी समय घर बाहिरबाट माछाको हेरचाह गर्न सकिन्छ।
प्रकाशित: १२ पुष २०७९, मंगलवार