पाँच महिनामा १२ अर्ब ३९ करोडको फोन आयात

  • Technology Khabar | १० पुष २०७९, आईतवार
पाँच महिनामा १२ अर्ब ३९ करोडको फोन आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा करिब साढे १२ अर्ब रुपैयाँको फोन आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिर मसान्तसम्म १२ अर्ब ३९ करोड ४८ लाख १४ हजार रुपैयाँको फोन आयात भएको छ।

उक्त रकम बराबरको २० लाख ३२ हजार ५२७ युनिट फोन आयात भएको हो।

सबैभन्दा धेरै ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ यूनिट स्मार्टफोन आयात भएको छ।

अन्य टेलिफोन १ अर्ब १६ करोड १९ लाख ६३ हजार रुपैयाँ बराबरको १२ लाख २० हजार १८३ यूनिट आयत भएको छ।

अन्य टेलिफोन सेट २ करोड ४७ लाख ५५ हजार रुपैयाँ बराबरको ८ हजार ५२६ यूनिट आयात भएको छ।

भन्सार विभागका अनुसार नेपालमा ५० ओटा मुलुकबाट स्मार्टफोन आयात भएको छ।

सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको देखिन्छ। चीनबाट ७ अर्ब ५९करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको ५ लाख ७० हजार ३८० यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ३ अर्ब २० करोड ८३ लाख ६ हजार रुपैयाँ बराबरको २ लाख २८ हजार ३९६ यूनिट स्मार्टफोन आयात भएको छ।

यूएईबाट ९ करोड ८५ लाख ९७ हजार रुपैयाँ बराबरको १ हजार २३ यूनिट स्मार्टफोन आयात भएको छ।

बाँकी ४७ मुलुकबाट ३० करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको ४ हजार १९ यूनिट स्मार्टफोन आयात भएको छ।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार