
काठमाडौं ।
लामो समयदेखि चलिरहेको मुद्दा सुल्झाउन फेसबुकको मुख्य कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर तिर्न सहमत भएको छ। फेसबुकले अनुसन्धान फर्म क्याम्ब्रिज एनालाइटिकासँग अवैध रुपमा प्रयोग प्रयोगकर्ताको डाटा सेयर गरेको विषय ७२५ मिलियन अमेरिकी डलर तिरेर सुल्झाउन सफल भएको हो।
सन् २०१८ मा फेसबुकले बेलायतको अनुसन्धान फर्म क्याम्ब्रिज एनालाइटिकालाई ८७ मिलियन प्रयोगकर्ताहरुको डाटा पहुँच गर्न अनुमति दिएको भन्दै लामो समयदेखि चलिरहेको मुद्दा बिहिबार राति अदालतको फैसलासँगै समाधान भएको हो।
वकिलहरुले प्रस्तावित सम्झौतालाई अमेरिकी डाटा गोपनीयता क्लास एक्शन मुद्दा अहिलेसम्मकै सबैभन्दा र मेटाले क्लास एक्शन मुद्दा सुल्झाउनका लागि सबैभन्दा ठूलो भुक्तानी भएको बताए।
‘यो ल्यान्डमार्क सेटलमेन्टले यस जटिल र नोवेल गोपनीयता मुद्दा वर्गलाई महत्वपूर्ण राहत प्रदान गर्नेछ,’ प्रमुख वकिलहरू डेरेक लोजर र लेस्ले वीभरले संयुक्त वक्तव्यमा भने।
यस सम्झौतालाई मेटाले गल्तीको एक हिस्साको रुपमा स्वीकार गरेन, जुन सान फ्रान्सिस्कोमा संघीय न्यायाधीशद्वारा अनुमोदनको विषय हो। कम्पनीले एक विज्ञप्तिमा भनेको छ यो सम्झौता ‘हाम्रो समुदाय र शेयरधारकहरूको हितमा थियो।’
‘विगत तीन वर्षहरूमा, हामीले गोपनीयताको लागि हाम्रो दृष्टिकोणलाई नवीकरण गरेका छौं र एक व्यापक गोपनीयता कार्यक्रम लागू गरेका छौं,’ मेटाले भनेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार